Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा २६ जना कोरोना संक्रमित निको, निको हुने थपलाई पुष्पगुच्छासहित विदाइ

हाम्रो कोशी आवाज
जेष्ठ ७ २०७७, बुधबार
प्रदेश १ मा २६ जना कोरोना संक्रमित निको, निको हुने थपलाई पुष्पगुच्छासहित विदाइ

मोरङः कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका कोरोना सङ्क्रमितमध्ये थप आठ जना निको भएका छन् । उनीहरूलाई बुधबार डिस्चार्ज गरिएको हो ।
प्रदेश १ मा कोरोना संक्रमित ५९ जना छन् । अहिले निको भएर घर फर्किनेको संख्या २६ पुगेको छ । कोरोनामुक्त भएर डिस्चार्ज भएकाहरूलाई पुष्पगुच्छा दिएर बिदाइ गरिएको थियो । डिस्चार्ज हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका ३ जना र ५ जना भारतीय नागरिक छन् ।
डिस्चार्ज हुनेहरू ५ र ९ वैशाखमा कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । डिस्चार्ज भएका ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाइनमा र उदयपुरका ३ जनालाई भुल्के पठाइएको कोभिड अस्पतालका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
यससँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ४५ पुगेको छ । हालसम्म नेपालमा ४ सय २ जनामा संक्रमण देखिएको छ भने २ जनाले कोरोना ज्यान गुमाइसकेका छन् ।
कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले केन्द्रमा अहिले २८ संक्रमितको उपचार भइरहेको बताइन् । तीमध्ये अहिलेसम्म सुनसरीको इटहरी–२ का १८ वर्षीय किशोरमा मात्रै कोरोनाको लक्षण देखिएको मिश्रले बताइन् । धनकुटा अस्पतालका चिकित्सक र उनको परिवार सदस्यसहित ५ संक्रमितलाई पनि केन्द्र ल्याइँदै गरेको मिश्रले जानकारी दिइन् ।

प्रकाशित मिति: जेष्ठ ७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend