Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अनलाइनमार्फत् विश्व कवि सम्मेलन हुने, दिग्गज कवि र विद्यार्थीले भाग लिने

हाम्रो कोशी आवाज
जेष्ठ ७ २०७७, बुधबार
अनलाइनमार्फत् विश्व कवि सम्मेलन हुने, दिग्गज कवि र विद्यार्थीले भाग लिने

धरानः नेपालमा पहिलोपटक भर्च्युअल विश्व कवि सम्मेलन हुने भएको छ ।
अनलाइन डिजिटल माध्यमबाट विश्वभर छरिएर बसेका नेपाली कवि र स्रोताहरूलाई एकै ठाउँमा जोडेर कविता सुन्न र सुनाउन सम्मेलन आयोजना गरिएको आयोजक जेभियर इन्टरनेसनल स्कुलरकलेजका भाइस प्रिन्सिपल दिपेन दाहालले जानकारी दिए ।
‘मेरो कविता र म’ शीर्षकमा आयोजना हुने सम्मेलन यही जेठ ९ गते शुक्रबार दिउँसो १ बजेदेखि प्रत्यक्ष प्रशारण हुनेछ । यस सम्मेलनमा देश–विदेशबाट धेरै कवि र स्रोताहरूको अनलाइन उपस्थिति रहने छ ।
सम्मेलनमा सहभागिताका लागि अनलाइन फाराम भर्न सकिनेछ । त्यसका लागि digitalpoem2020@gmail.com मा इमेल गरेर अनुरोध गर्न सकिने छ । अनलाइनमा पनि विद्यार्थीलाई पढाइको साथसाथै अतिरिक्त क्रियाकलापमा पनि संलग्न गराउन सकिने जेभियरका भाइस प्रिन्सिपल दाहालले बताए ।
अनलाइनमार्फत् विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा कसरी संलग्न गराउन सकिन्छ भन्ने अन्योल रहेकै बेला भाइस प्रिन्सिपल दाहालले विद्यार्थीको अतिरिक्त क्रियाकलापलाई फराकिलो दायरा बनाउँदै विश्व कविता सम्मेलन आयोजना गर्न लागेका हुन् । सम्मेलनमा झन्डै एक दर्जन बढी दिग्गज कवि विश्वको विभिन्न स्थानबाट सहभागी जनाउँदैछन् । विद्यार्थीका लागि समेत अनलाइन रजिष्ट्रेशन फर्म राखिएको छ । उनीहरुले त्यो फर्म भरेर आफ्ना रचना पठाउन सक्ने छन् । उत्कृष्ट रचनालाई जेठ ९ गते आयोजना हुने विश्व कविता सम्मेलनमा रचना पाठ गर्ने अवसर पाउनेछन् । आयोजक दाहालका अनुसार ‘दिग्गज कविका अगाडि विद्यार्थी पनि प्रस्तुत हुन पाउनेछन् । उनीहरूले आफ्ना रचना सबैसामु राख्न पाउनेछन् । जसले गर्दा विद्यार्थीहरूमा सिर्जनशील क्षमताको अभिवृद्धि हुनेछ ।
दाहालकै संयोजकत्वमा हुन थालेको विश्व भर्च्युअल कविता सम्मेलनमा सुनसरी बाट इन्द्रकुमार श्रेष्ठ सरित, ओखलढुंगाबाट चेतनाथ धमला, झापाबाट बाबुराम नेउपाने उत्स, ललितपुरबाट ललिता दोषी, जापानबाट केबी पारखी, सिएट्ल अमेरिकाबाट बुना दाहाल, म्यान्मारबाट राजन ढकाल, काठमाडौंका कवि रामेश्वर राउत मातृदास, शान्ति शर्मा, राजन नेउपानी श्रीएम, चेन्नाइ भारतबाट लक्ष्मी उपे्रती, दार्जिलिङबाट मनप्रसाद सुब्बा र जर्मनीबाट चिरञ्जीवी भट्टराईले सहभागिता जनाउनेछन् । सम्मेलनको विभिन्न एफएम रेडियो, फेसबुक र विभिन्न अनलाइनहरुबाट प्रत्यक्ष प्रशारण हुनेछ । नेपाली साहित्यमा रुचि राख्ने विद्यार्थी, अभिभावक र शुभचिन्तकहरुलाई उक्त कार्यक्रममा जोडिन संयोजक दाहालले अनुरोध गरेका छन् ।

प्रकाशित मिति: जेष्ठ ७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend