Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङमा हिउँ छिचोल्दै तिब्बतबाट स्वास्थ्य सुरक्षा सामग्री ल्याइयो

हाम्रो कोशी आवाज
जेष्ठ ७ २०७७, बुधबार
ताप्लेजुङमा हिउँ छिचोल्दै तिब्बतबाट स्वास्थ्य सुरक्षा सामग्री ल्याइयो

ताप्लेजुङः छिमेकी देश चीनको स्वशासित क्षेत्र तिब्बतले ताप्लेजुङलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ ।
हिउँ छिचोल्दै प्रजिअ नेतृत्वको टोली पुगेर सामग्री बुझेको छ । पाँच हजार २०० मिटर उचाइ रहेको टिपताला नाकामा अहिले पनि बाक्लो हिउँ भएकाले सामान बुझेर ल्याइ पु¥याउनका लागि निक्कै सकस रहेको बताइएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएको बेला तिब्बत सरकारले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहितका स्वास्थ्य सामग्री उपलब्ध गरेको हो ।
ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी केशब खतिवडा नेतृत्वको टोली सदरमुकामबाट सीमावर्ती नाका टिपतालासम्म बुधबार पुगेर जिम्मा बुझिलिएको हो । जिल्लास्थित कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको निर्णयअनुसार सहायक प्रजिअ खतिवडाको नेतृत्वमा जिल्ला समन्वय समितिका शाखा अधिकृत गणेश अधिकारी र पत्रकार सहितको टोली सामाग्री जिम्मा लिन फक्ताङलुङ गाउँपालिकाको ७ टिपतालासम्म पुगेको हो ।

तिब्बत सरकारले सहयोग गरेको विभिन्न छ किसिमका स्वास्थ्य सुरक्षाका सामग्रीमध्ये एकहजार १०० थान पीपीई, १०० थान थर्मल गन, एक लाख १० हजार थान बढी सर्जरी मास्क, एकहजार २०० थान एन(९५ मास्क र स्यानिटाइजर सहितका सामग्री रहेको बताइएको छ ।
¥यापिड डाइग्नोष्टिक किट (आरडीडी), स्वाब संकलन गर्ने भाइलसहितका सामग्री रहेका बताइए पनि के कति परिमाण छ भन्ने यकिन भई नसकेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ । यस अगाडी पनि आवश्यक खाद्य समाग्री उपलब्ध गराएको थियो ।
तस्वीर सौजन्यः तेन्जिङ वालुङ

प्रकाशित मिति: जेष्ठ ७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानको विश्वकर्मा मन्दिरमा यस वर्ष पूजा गर्नेको भीड लागेन (फोटो फिचरसहित)

    धरानः धरानस्थित विश्वकर्मा मन्दिरमा सधैंको वर्षझैं यसवर्ष भीड लागेन । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण पनि यस वर्ष भक्तजन घटेको हुनसक्ने लाङघाली टोल विकास...

    • १८ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend