ताप्लेजुङः ताप्लेजुङ फुङलिङ–१० फुरम्बु बस्ने ३० वर्षीय सन्तबिर लिम्बूको रूखले किचेर मृत्यु भएको छ ।
बुधबार बिहान पौने ८ बजे घर नजिकै रहेको बैशाखे जंगलमा दाउरा काट्न गएका लिम्बूले उतिसको रुख डाल्ने क्रममा सोही रूखले उनैलाइ किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।