Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा १७ जना कोरोना संक्रमित थपिए, अवस्था सामान्य

हाम्रो कोशी आवाज
जेष्ठ ८ २०७७, बिहिबार
प्रदेश १ मा १७ जना कोरोना संक्रमित थपिए, अवस्था सामान्य

विराटनगरः प्रदेश १ मा कोरोना संक्रमित थपिएर ७६ जना पुगेको हो ।
बुधबार एकैदिन १७ जनामा कोरोना भाइरस ९कोभिड—१९० को संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या बढेको हो ।
झापाका १५, सुनसरीका १ र धनकुटाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा उनीहरुको कोरोना पोजेटिभ देखिएको हो ।
झापा कचनकवल गाउँपालिका ३, ६ र ८ का दुई जना १८ वर्षका, दुई जना १९ वर्षका र अरु २२, २३, २५, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यस्तै, धनकुटाका ३४ वर्षका पुरुष, सुनसरी धरान उपमहानगरपालिकाका ५१ वर्षका महिलामा पनि संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
आज थपिएका १७ जनासहित नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । संक्र्रमितमध्ये उदयपुरको भुल्केका आठ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएसँगै निको हुनेको संख्या ४५ पुगेको छ ।
अहिलेसम्म ३८ जिल्लामा कोरोना भाइरसको संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण अहिलेसम्म दुई जनाको ज्यान गएको छ ।
प्रदेश १ मा बुधबारसम्म पिसिआरबाट ३ हजार ७ सय ७ जनाको परीक्षण भएको छ । यस्तै आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ ।
यस्तै झापामा २७ जना, धनकुटामा ७ जना, मोरङमा ४ जना, सुनसरीमा ३ जना, खोटाङमा एक जना र भोजपुरमा एक जना संक्रमित छन् ।

प्रकाशित मिति: जेष्ठ ८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend