Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पैसाको विवादमा बाबुको हत्यामा संलग्न दुई छोरा पक्राउ

हाम्रो कोशी आवाज
जेष्ठ ८ २०७७, बिहिबार
पैसाको विवादमा बाबुको हत्यामा संलग्न दुई छोरा पक्राउ

विराटनगरः विराटनगर महानगरपालिका–१४ जतुवाका सत्यराम चौहानको हत्यामा छोराहरुको संलग्ना रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार बेलुका चौहानको शव उनकै घरभित्र कोठामा गाडेको अवस्थामा फेला परेको थियो ।
मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार चौहानको हत्यामा २९ वर्षीय जेठो छोरा रोहित र २६ वर्षीय माइलो छोरो नागेन्द्र चौहानको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
प्रहरीका अनुसार दुवै दाजुभाइले गत शनिबार फरुवा प्रहार गरेर सत्यरामको हत्या गरेको खुलेको छ । हत्या गरेलगत्तै दुवैजनाले कपडाले बेरेर कोठाभित्रै खनेर शव पुरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।
घटनास्थलमै मृत्यु भएका चौहानको शव छिमेकले थाहा नपाउने गरि मिलेर कोठाभित्रै गाडिएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार नागेन्द्रकी श्रीमतीले घटनाका बारेमा थाहा पाएपछि बुवा घरमा नभएको भन्दै नागेन्द्र आफै बुधबार प्रहरी कार्यालयमा पुगेका थिए ।
चौहानमा तीन जना छोरा छन् । जेठा र माइला छोरा उनीसँग घरमा बस्थे । कान्छा छोरा भने विराटनगर बजारमा बस्थे । कान्छा छोराले पाँच दिनयता सम्पर्क गर्न खोज्दा बुबासँग सम्पर्क नभएपछि बुधबार उनी घर पुगेका थिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा पैसाको विवादमा पाँच दिनअघि हत्या भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: जेष्ठ ८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend