Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अमेरिकामा रहेका धरानेद्वारा धरान उपमहानगरपालिकालाई ६ लाख सहयोग

हाम्रो कोशी आवाज
जेष्ठ ८ २०७७, बिहिबार
अमेरिकामा रहेका धरानेद्वारा धरान उपमहानगरपालिकालाई ६ लाख सहयोग

धरानः धरान उपमहानगरपालिकाको कोरोना राहत कोषमा धरान अमेरिका राहतकोषमार्फत् अमेरिकी डलर ५ हजार अर्थात् नेपाली ६ लाख प्रदान गरेको छ ।
तेस्रो चरणमा दुई लाख धरान अमेरिका राहत कोषका संयोजक सुदनकुमार श्रेष्ठसहितको समूहले धरान नगर प्रमुख तिलक राई र उप प्रमुख मञ्जु भण्डारी सुवेदीलाई हस्तान्तरण गरे । धरान उपमहानगरपलिकाले पनि रकमबाट आवश्यक खाद्यान खरिद गर्ने गरी भरपाइ रसिद पनि प्रदान गरेको छ ।
धरानले सञ्चालन गरेको कोरोना राहत कोष र फुड बैंकमा रकम पठाउन अहम् भूमिका निर्वाह गर्ने अमेरिकामा रहेका धरानेहरू र विश्वभर रहेका दाता महानुभावहरुलाई मेयर तिलक राईले धन्यवाद ज्ञापन गर्दै सहयोगका खाँचो रहेको बताए । धरानमा रहेर अमेरिकाका साथीहरुसँग समन्वय गर्ने सुदनकुमार श्रेष्ठ लगायतका सम्पूर्ण टिमले खेलेको भूमिकाको मेयरले खुलेर प्रशंसा गरेका छन् ।
यसअघि पहिलो चरणमा २ लाख १० हजार र दोस्रो चरणमा १ लाख ९० हजार प्रदान गरिएको थियो । अमेरिकामा रहेका धराने विजय खनाल, रोशन बाँस्तोला, जय श्रेष्ठ, शैलेश कसजु, विशाल मास्के गेहेन्द्र राज मास्के, मिलन श्रेष्ठले समन्वय गरी यो रकम संकलन गरेको हो । धरानमा रहेर राहत वितरणमा सहयोग गर्नका निम्ति सुधनकुमार श्रेष्ठको संयोजकत्वमा डा.राजेन्द्र शर्मा, मोहन श्रेष्ठ, सुमन श्रेष्ठ, पूर्णबहादुर राई र समिनकला राई सहितको समिति गठन भएको थियो ।

प्रकाशित मिति: जेष्ठ ८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend