Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा मै बढी कोरोना संक्रमित रहेको झापामा किटकै अभाव

हाम्रो कोशी आवाज
जेष्ठ ८ २०७७, बिहिबार
प्रदेश १ मा मै बढी कोरोना संक्रमित रहेको झापामा किटकै अभाव

झापाः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार झापामा थप २३ जना कोरोना संक्रमित रहेको पुष्टि गरिसकेको छ । यससँगै त्यहाँ संक्रमितको संख्या ३३ पुगेको छ ।
भारतबाट आएका २ सय १० मध्ये पथरिया माविस्थित क्वारेन्टाइनमा रहेकाहरूको परीक्षणमा १० जना र लक्ष्मी प्रसाद देवकोटा माविस्थित क्वारेन्टाइनमा रहेकाको परीक्षण गर्दा २३ जना संक्रमित फेला परेका हुन् । तर त्यहाँ अहिलेसम्म पीसीआर टेस्ट भने भएको छैन । गाउँपालिकाका अध्यक्ष अञ्जारा आलमका अनुसार स्वास्थ्य सामग्रीको अभाव देखिएकोले टेष्ट नभएको हो । ‘परीक्षण गर्ने किटको अभाव देखिएको छ । त्यसैले सबैको परीक्षण नभएको हो ।’ उनले भने ।
उनले दिएको जानकारीअनुसार पथरिया मावि र लक्ष्मीप्रसाद देवकोटा माविबाहेक महेन्द्र रत्न माविमा ९५ र जानकी आधारभूत विद्यालयमा ४० जना क्वारेन्टाइनमा रहेका छन् । चारवटै क्वारेन्टाइनमा रहेका सबैको पीसीआर टेस्ट भने भएको छैन । उनले क्वारेन्टाइनमा रहने सबैको परीक्षण भए संक्रमितको संख्या बढ्ने बताए ।
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले पनि सबैको परीक्षण गर्न किट नभएको बताए । पछिल्लो तथ्यांकअनुसार कचनकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ निवासी १५ जना पुरुषहरूमा संक्रमण देखिएको हो । उनीहरू सबै केही दिनअघि भारतबाट आएका हुन् ।

प्रकाशित मिति: जेष्ठ ८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend