धरानः अधिकांश युुवासहित फेरि ३० जनामा कोरोना पोजेटिभ देखिएको छ । योसँगै देशभर संक्रमितको संख्या ४८७ पुगेको मन्त्रालयले जनाएको छ ।
शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार नवलपरासी, चितवन (भरतपुर), कपिलवस्तु, सर्लाहीमा गरी थप ३० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर संक्रमितको संख्या ४८७ पुगेको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ती ३० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितहरु नवलपरासी (वर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका–६ का ४५ वर्षीय पुरुष, भरत महानगरपालिका–६ केसरवाघ, चितवनका ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला छन् ।
त्यसैगरी नवलरासी सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका–३ र १८ का ९ जना सर्लाही गोडैता नगरपालिकाका ५ जना, रामनगर बहुअर्वा गाउँपालिका–७ का १५ जना छन् । यसरी संक्रमित हुनेमा ८ वर्षीय बालकदेखि ७४ वर्षसम्मका छन् । संक्रमितहरूमा ८ वर्षीया बालिका पनि छिन् । नेपालमा कोरोना संक्रमणबाट अहिेलेसम्म तीन जनाको मृत्यु भएको छ । शुुक्रबार नै बाँकेका पहिलो कोरोना संक्रमितसहित २९ जना निको भएका छन् ।
