Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लकडाउनका बेला अभिभावकलाई शुल्क तिर्न दबाव नदिऔंः प्याब्सन/एनप्याब्सन

हाम्रो कोशी आवाज
जेष्ठ ९ २०७७, शुक्रबार
लकडाउनका बेला अभिभावकलाई शुल्क तिर्न दबाव नदिऔंः प्याब्सन/एनप्याब्सन

धरानः अभिभावकलाई शुल्कको दबाव दिन थालेको गुनासो बढ्दै गएपछि निजी विद्यालयका सञ्चालकहरूको संगठनले भने दबाव नदिन निर्देशन दिएको छ ।
लकडाउनका बेला शुल्क उठाउन दबाव बढेको अभिभावकबाटै गुनासो आएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेश नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एनप्याब्सन) दुवैले यस्तो निर्देशन दिएका छन् ।
प्याब्सनका अध्यक्ष टीकाराम पुरीले लकडाउनका बेला कुनैपनि शुल्क नउठाउन आग्रह गरे । एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले संकटको यस्तो घडीमा कुनै पनि विद्यालयले शुल्क तिर्न ताकेता नगर्न आग्रह गरे । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विद्यालयमा शुल्क नलिन, विद्यार्थी भर्ना, परीक्षा सञ्चालन र पठनपाठन गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिइसकेको छ । शिक्षा मन्त्रालयले पनि अर्को निर्णय नहुँदासम्म विद्यार्थी भर्ना, पठन पाठन, परीक्षा र शुल्क नउठाउन निर्देशन दिइसकेको छ ।
उता विद्यालय सञ्चालकहरूले भने लकडाउनले गर्दा शिक्षक तथा कर्मचारीको तलब, भवन भाडा, बैंकको किस्ता व्यवस्थापन आदि गर्न कठिन भएको बताएका छन् ।
लकडाउनकै बेला पनि शुल्क व्यवस्थापन गर्न सक्ने अभिभावकले ऐच्छिक रुपमा विद्यालयलाई सहयोग भने गर्न सक्ने सापकोटा बताउँछन् । विद्यालय सञ्चालकहरूले महामारीले निम्त्याएको समस्या देखाएर अभिभावकलाई दबाव दिनु भन्दा पनि सरकारसँग आफ्नो कुरा राख्नुपर्ने उनले सुझाए । अभिभावकको समस्या सरकार र विद्यालय सञ्चालक दुबैले बुझ्न नसकेको पुरीको गुनासो छ ।

प्रकाशित मिति: जेष्ठ ९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend