धरानः नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५०७ पुगुेको छ ।
ती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएका ७० जना छन् ।
सुदूरपश्चिमका ५ जनासहित शुक्रबार दिउँसो थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
शुक्रबार स्वास्थ्य तथा जनासंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप २० जनामा संक्रमण पुष्टि भएको बताए ।
कैलालीका १९, २३, र २९ वर्षीय पुरुष, डडेलधुराको पराशुराम १० का २८ वर्षीय पुरुष, बैतडीका २२ वर्षीया पुरुष गरी सुदूरपश्चिम प्रदेशका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी बाँकेका १४ जनामा १८ देखि ६१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए । एक जना राप्तीसोनारी गाउँपालिकाका र १३ जना नरैनापुरका भएको उनले बताए । त्यस्तै मोरङको रतुवामाई २ का ४१ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको उनले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ ।