Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

३२ जना थपिए संक्रमित, नेपालमा ५४८ पुगे, १७ वर्षदेखि ५५ वर्ष उमेर समूहमा कोरोना

हाम्रो कोशी आवाज
जेष्ठ १० २०७७, शनिबार
३२ जना थपिए संक्रमित, नेपालमा ५४८ पुगे, १७ वर्षदेखि ५५ वर्ष उमेर समूहमा कोरोना

धरानः शनिबार बिहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कपिलवस्तु ८, रूपन्देहमा ८, सर्लाहीमा १३, चितवन, काठमाडौं र बारामा १–१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये दुई महिला र ३० पुरूष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ ।
हालसम्म ७० जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहानै ८ः४० बजे विज्ञप्ति जारी गरेर थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । थपिएका ३२ संक्रमितमा १७ वर्षदेखि ५५ वर्षसम्म उमेरका छन् ।
सर्लाहीमा शनिबार थपिएका १३ संक्रमित गोडैता र कविलासी नगरपालिकाका हुन् । जसमा २० वर्षका ३ जना, २६ र ३५ वर्षका २र२ जना, १८, २१, २२, २३, २८ र ३३ वर्षका १–१ जना छन् ।
यस्तै, शनिबार नै थपिएका संक्रमितमध्ये रूपन्देहीका ८ जना छन् । यी व्यक्ति गैडहवा र रोहिणी गाउँपालिकाका हुन् । जसमा २०, २४ र ३० वर्षका २–२ जना र २४ र ५५ वर्षका १–१ जना छन् ।
यस्तै, आज कपिलवस्तुमा पनि ८ कोरोना संक्रमित थपिएका हुन् । वाणगंगा नगरपालिकाका १७, १९, २२, २७, २९, ३५, ४० र ४२ वर्षका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै आज काठमाडौंमा ३५ वर्षीय पुरुष, चितवनको भरतपुर–६ का ५२ वर्षीय पुरुष र बाराको करैयामाई गाउँपालिकाकी ३७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका ३२ संक्रमितमा कपिलवस्तु वाणगंगाकी २७ वर्षीया र बाराको करैयामाई गाउँलिकाकी ३७ वर्षीया महिलाबाहेक सबै पुरुष हुन् ।

प्रकाशित मिति: जेष्ठ १० २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend