Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोना भाइरसको चीनमा बनाएको खोप प्रभावकारी !

हाम्रो कोशी आवाज
जेष्ठ १० २०७७, शनिबार
कोरोना भाइरसको चीनमा बनाएको खोप प्रभावकारी !

धरानः चीनले बनाएको खोप ‘प्रभावकारी’ रहेको बताइएको छ ।
कोरोना भाइरसविरुद्धको खोप प्रभावकारी र सुरक्षित देखिएको अनुसन्धानकर्ताको दावी छ ।
अनुसन्धानमा संलग्नहरूले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा खोप कोरोना भाइरसको संक्रमणबाट मानिसलाई जोगाउन सफल देखिएको र सुरक्षित पनि रहेको उल्लेख छ ।
पहिलो चरणको ट्रायलको नतिजासहितको रिपोर्ट द ल्यानसेट जर्नलमा प्रकाशित भएको छ । सो प्रतिवेदनअनुसार १८ देखि ६० वर्षसम्मका १०८ जनामा भएको पहिलो चरणको परीक्षणमा सफलता हात लागेको हो । खोपको एक डोज मात्रै दिइएका व्यक्तिको शरीरमा दुई हप्ताभित्रै टी सेल्स नाम गरेको रोग प्रतिरोधात्मक कोशिका बनेको देखिएको छ ।
बोस्टनमा रहेको बेथ इजरायल डिकोनेस मेडिकल सेन्टरका डा. डान बारोउचले भनेका छन्, ‘यो अति सकारात्मक नतिजा हो, तर अझै अनुसन्धानको खाँचो छ । यो तथ्यांक प्रारम्भिक मात्रै हो । समग्रमा भन्दा अहिलेलाई यो अति सकारात्मक खबर हो ।’
खोपको प्रभावकारिता थप स्थापित गर्नका लागि हजारौँ मानिसमा परीक्षणको खाँचो पर्छ । खोपलाई कोरोना भाइरसविरुद्धको एक मात्र विकल्प ठानिएको छ । विश्वभर हाल कोरोना भाइरसविरुद्धको खोप बनाउनका लागि विभिन्न टिमहरु सक्रिय छन् ।
गएको सोमबार अमेरिकी बायोटेक कम्पिनी मोदेर्नाले आफूले बनाएको खोप सुरक्षित र कोरोना भाइरसविरुद्ध प्रभावकारी रहेको देखिएको बताएको थियो ।
अहिले मानिसमा सो खोप सुरक्षित र प्रभावकारी दिएको प्रतिवेदनमा ल्यानसेटमा प्रकाशित भएको हो । सो खोप एडी५ नाम गरेको भाइरसबाट बनाइएको वैज्ञानिकले बताएका छन् । सो भाइरसलाई मानव कोशिकासँग सहकार्य गर्नका लागि जेनेटिक इन्स्ट्रक्सन दिएर परिमार्जन गरिएको उल्लेख छ ।
एडी५ ‘कोल्ड भाइरस’ हो, धेरै मानिस यो भाइरसको सम्पर्कमा आएका हुन सक्छन् । अनुसन्धानमा संलग्न आधा मानिसलाई एडी५ का लागि शक्तिशाली एन्टिबडी दिएपछि मात्रै खोप दिइएको थियो ।
ती मानिसको प्रतिरोधात्मक क्षमता बढ्न नसक्ने र खोपको प्रभाव स्पष्ट रुपमा कम देखिने गरेको डा. कसर्टन लाइकले बताइन् । उनी युनिभर्सिटी अफ मेरिल्याण्डकी भाइरोलोजिस्ट हुन् र कोरोना भाइरसविरुद्धको खोपको अनुसन्धानमा उनले नेतृत्व गरिरहेकी छन् ।
चीनका अनुसन्धानकर्ताहरुले पनि एडी५ भाइरसको एन्टिबडी रहेका व्यक्तिमा सो खोप दिएपछि बलियो प्रतिरोधात्मक क्षमता बन्ने सम्भावना कम देखिएको बताएका थिए । एडी५ को एन्टिबडी नदिइएका व्यक्तिमा भने भाइरसको प्रभाव अति राम्रो र उत्साहजनक देखिएको छ ।

प्रकाशित मिति: जेष्ठ १० २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • इटहरीमा सडकको डिभाइभरमा मोटरसाइकल ठोक्किँदा अनिल राईको मृत्यु

    धरानः इटहरीमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते बनेका छन् । पानी परिरहेको समयमा चिप्लिएर सडकको डिभाइडरमा...

    • ७ मिनेट अगाडी
    • १ मिनेट पाठ
  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १२ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १६ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १६ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend