Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा टयाक्टर दुर्घटनामा एकजनाको मृत्यु, ताप्लेजुङमा बेपत्ता बनेका खवास मृत

हाम्रो कोशी आवाज
जेष्ठ १० २०७७, शनिबार
सुनसरीमा टयाक्टर दुर्घटनामा एकजनाको मृत्यु, ताप्लेजुङमा बेपत्ता बनेका खवास मृत

सुनसरीः सुनसरीको गढी गाउँपालिका–६ मा भएको टयाक्टर दुर्घटनामा परी टयाक्टर चालककको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो सत्तेरझोडा स्थित कच्ची बाटोमा उत्तरबाट दक्षिणतर्फ इँट्टा बोकेर जाँदै गरेको को१त ९६८९ नम्बरको टयाक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा टयाक्टर चालक दुहवी नगरपालिका–११ का २४ वर्षीय फुलचन ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । दुर्घटनामा परी टयाक्टरका सहचालक २३ वर्षीय सञ्जय पासवान घाइते भई उपचारको लागी जिल्ला अस्पताल इनरुवा पठाइएको सो कार्यालयले जनाएको छ ।
उता ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ का २१ वर्षीय केशव खवास मृत फेला परेका छन् । जेष्ठ ०६ गते मेवाखोलामा हामफाली बेपत्ता भएका खवासको खोजतलास गर्ने क्रममा घटनास्थलभन्दा करिब २०० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ १० २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • इटहरीमा सडकको डिभाइभरमा मोटरसाइकल ठोक्किँदा अनिल राईको मृत्यु

    धरानः इटहरीमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते बनेका छन् । पानी परिरहेको समयमा चिप्लिएर सडकको डिभाइडरमा...

    • ८ मिनेट अगाडी
    • १ मिनेट पाठ
  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १२ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १६ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १६ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend