Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सीमा अतिक्रमणः बेलायतमा भारत सरकारलाई विरोधपत्र

हाम्रो कोशी आवाज
जेष्ठ १० २०७७, शनिबार
सीमा अतिक्रमणः बेलायतमा भारत सरकारलाई विरोधपत्र

लन्डन / नेकपाको भात्री संगठन , प्रवासी नेपाली एकता मंच , युके , नेकाको भात्री संगठन , जनसम्पर्क समिति युके , जनता समाजवादी पार्टीको प्रवास अंग नेपाली समाज युके, राप्रपाको भात्री संगठन नेपाली एकता समाज लगायतका राजनैतिक संगठनहरुले संयुक्तरुपमा मे २२ शुक्रवार बेलायत स्थित भारतीय दुतावास र भारतीय सरकारलाइ ज्ञापनपत्र हुलाक मार्फत बुझाएका छन् | नेपाली भूमिमा भारतले हालै मानसरोवर जोड्ने सडक उद्घाटन गरेको प्रति आपत्ति जनाउदै ज्ञापन पत्र बुझाएका हुन् | भारतले मिचेको नेपाली भुमि कालीनदी पूर्वको लिम्पियाधुरा सहितको जमिन ससम्मान नेपाललाई फिर्ता गर्ने ज्ञापन पत्रमा आग्रह समेत गरिएको छ | ज्ञापन पत्रमा प्रवासी नेपाली मंचका अध्यक्ष राजेन्द्र पुडासैनी, जनसम्पर्क समितिका अध्यक्ष युवराज गुरुङ, नेपाली समाजका अध्यक्ष चन्द्र बहादुर गुरुङले हस्ताक्षर गर्नु भएको छ | उक्त ज्ञापन पत्र भारतीय हाई कमिसन बेलायत (लन्डन) मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरी पठाइएको छ । पत्रमा कुटनीति संवादमार्फत भारतले मिचेको भूमि फिर्ता गर्न आग्रह गर्दै नेपाल र भारतको ऐतिहासिक सम्बन्ध कायम राख्नु आग्रह गरिएको छ ।
ज्ञापन पत्र पठाउनु अघि नेपालको नयाँ नक्सासहित उपस्थित भएका नेताहरुले सक्षिप्त सम्बोधन गरेका थिए । बेलायत सरकारको गाइडलाइन अनुसार सोसियल डिस्ट्यासिङ कायम गरी संक्षिप्त प्रतिक्रिया दिँदै राजेन्द्र पुडासैनीले राष्ट्रिय एकतासहित प्रधानमन्त्रीले सीमा अतिक्रमणको विरोधमा उभिएको साथ दिनु पर्ने बताए । नेपाल र भारतीय जनताको सद्भाव लिएर अघि बढ्ने उनले बताए । ‘प्रमाणका आधारमा अतिक्रमित भूमि फिर्ता गर्नु पर्छ’, प्रवासी नेपाली मंच युकेका अध्यक्ष राजेन्द्र पुडासैनी भने, ‘यसका लागि हामी एकै ठाउँमा छौँ । त्यसैले हामीले संयुक्त रुपमै विरोध गरेका हौं ।’ नेपाली जनसम्पर्क समितिका अध्यक्ष युवराज गुरुङले सीमा अतिक्रमण कुटनीतिक माध्यमबाट चाँडोभन्दा चाँडो समाधान गर्नुपर्ने बताए । ‘मातृभूमि अतिक्रणविरुद्ध बेलायतमै भएपनि राष्ट्रियताका लागि एक ठाउँमा उभिएको छौं,’ उनले भने, ‘यसका लागि कुटनीतिक पहल पनि आवश्यक छ ।’ नेपाली समाज युकेका अध्यक्ष चन्द्रबहादुर गुरुङले सुगौली सन्धी अनुसार तत्काल जमिन फिर्ता गर्न आग्रह गरे । देशको सार्बभौमसत्ता बचाउन आफुहरु पार्टी राजनीति भन्दा माथि उठ्न चाहेको प्रतिक्रिया गुरुङ्गले दिएका थिए |
भारतले मिचेको नेपाली भुमि फिर्ता नभए आफुहरु हेग स्थित अन्तराष्ट्रिय अदालत जाने तयारी गरिरहेको र त्यसको लागि सन् १८१६ को सुगौली सन्धि देखिका सम्पूर्ण कागजातहरु बृटिश पुस्तकालयबाट लीनेकाम भैरहेको जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य टेकबहादुर थापाले जानकारी दिएका थिए ।

प्रकाशित मिति: जेष्ठ १० २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • इटहरीमा सडकको डिभाइभरमा मोटरसाइकल ठोक्किँदा अनिल राईको मृत्यु

    धरानः इटहरीमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते बनेका छन् । पानी परिरहेको समयमा चिप्लिएर सडकको डिभाइडरमा...

    • ८ मिनेट अगाडी
    • १ मिनेट पाठ
  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १२ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १६ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १६ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend