Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पाथीभरा मन्दिरको ७० क्वीन्टल सिक्का ६० जनालाई बोकाएर ल्याइँदै

हाम्रो कोशी आवाज
जेष्ठ १० २०७७, शनिबार
पाथीभरा मन्दिरको ७० क्वीन्टल सिक्का ६० जनालाई बोकाएर ल्याइँदै

ताप्लेजुङः पाथीभरा मन्दिरमा जम्मा भएको ७० क्वीन्टल ३० किलो सिक्का काफ्लेपाटी झारिएको छ । भेटीपाती व्यवस्थापन समितिले अघिल्ला वर्षदेखिको पैसा स्थानीय जनशक्ति प्रयोग गरेर जम्मा गरेको हो ।
काफ्लेपाटीदेखि सदरमुकामसम्म गाडीमा ल्याइनेछ । मन्दिरबाट झारिएको सिक्का काफ्ले पार्टीको सूचना केन्द्रको भवनमा राखिएको छ । ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको मन्दिरबाट काफ्लेपाटी ४.५ किलोमिटर दूरीमा छ । त्यहाँसम्म ल्याउनेलाई प्रतिकिलो १६ रुपैयाँका दरले ढुवानी भाडा दिएको समितिका कर्मचारी राजेन्द्र महत बताउछन् ।
पैसा बोक्न ६० जना मन्दिर पुगेका थिए । उनीहरु माथिल्लो फेदी, काफ्लेपाटी, फावाखोला, फुरुम्वू, लिंखिमका हुन् । ओरालो झार्नुपर्ने भएकाले लड्ने र घाइते हुनसक्ने भन्दै एकजनालाई ५० किलोसम्म मात्रै बोक्न दिइएको माथिल्लो फेदी अस्थायी प्रहरी चौकीका इन्चार्ज धनराज तुम्बापोले बताए ।

प्रकाशित मिति: जेष्ठ १० २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend