धरानः स्वास्थ्य तथा जनसंया मन्त्रालयले आयुर्वेदिक औषधिले कोरोना भाइरसको उपचार नहुने तर रोग प्रतिरोधात्मक शक्ति भने बढ्ने डा. देवकोटाले जानकारी दिए ।
उनले आयुर्वेदिक औषधीहरुबाट कोरोना भाइरसको उपचार हुन्छ भन्ने कुरामा सत्यता नभएको जानकारी दिए । यद्यपि आयुर्वेदिक औषधीहरुले मानिसको शरीरमा रोगसँग लड्ने शक्ति बढाउन मद्दत गर्ने उनले बताए ।
मन्त्रालयले लामखुट्टेको टोकाइबाट कोरोना भाइरसको संक्रमण नहुने पनि जनाएको छ । आइतबार प्रवक्ता डा.विकास देवकोटाले लामखुट्टेको टोकाइबाट कोरोना भाइरस संक्रमण पुष्टि भएको अहिलेसम्म प्रमाणित नभएको बताएका हुन् ।
डा.देवकोटाका अनुसार खोक्दा वा हाछिउँ गर्दा त्यसबाट निक्लेका थुकका छिटाबाट भने कोरोना भाइरस सर्छ । त्यसैले आफूलाई जोगाउन बारम्बार हात धुने र मास्कको प्रयोग गनुपर्ने उनको भनाइ छ ।