Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुरक्षितरूपमा विद्यालय खुलाउने तयारीमा सरकार !

हाम्रो कोशी आवाज
जेष्ठ १२ २०७७, सोमबार
सुरक्षितरूपमा विद्यालय खुलाउने तयारीमा सरकार !

धरानः सरकार विद्यालय खोल्ने विकल्प खोज्न थालेको छ । लकडाउन अझै बढ्न सक्ने संकेत देखेको सरकारले सुरक्षितरूपमा कसरी विद्यालय सञ्चालन गर्ने विषयमा गृहकार्य थालेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्थानीय निकायको संस्था नेपाल नगरपालिका महासंघ, प्रदेश सरकारअन्तर्गत सामाजिक विकासमन्त्री, सचिवलगायतसँग छलफल शुरू समेत गरेका छन् ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले थोरै विद्यार्थी भएका र गाउँ नै सेल्फ क्वारेन्टाइनजस्तो भएका गाउँका विद्यालय सञ्चालन गर्न सकिने विषयमा छलफल शुरू गरेको जानकारी दिए । उनले भौतिक दूरी कायम गरी कसरी सुरक्षितरूपमा विद्यालय खुला गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको पनि बताए ।
मन्त्रालयले सबै शिक्षकको पीसीआर परीक्षण गर्ने, विद्यालयमा सेनिटाइजर र थर्मल गन प्रयोग गरी ताप मापन गर्ने र विद्यार्थीलाई कक्षाकोठामा दुरी कायम गर्ने गरी बस्ने वातावरण मिलाएर मात्र विद्यालय खोल्ने तयारी गरिरहेको छ ।
मन्त्रालयले चरणबद्धरूपमा छलफल गरी तयार गरेको प्रतिवेदन कोभिड–१९ उच्चस्तरीय समितिलाई बुझाएपछि सो समितिको निर्णयको आधारमा विद्यालय खोल्ने विषयमा मन्त्रालयले निर्णय गर्नेछ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले जेठ १४ गतेभित्र ठोस निर्णय दिने बताए । उनले अब सरकारले विकल्प खोज्नैपर्ने पनि बताए । लकडाउनका कारण चैत ६ गतेदेखि विद्यालय बन्द छ ।
निजी विद्यालयले यही अवस्था भए असारदेखि शिक्षकलाई तलब दिन समस्या पर्ने जनाएको प्याब्सन र एन–प्याब्सनले सरकारले तत्काल विद्यालय खोल्ने वातावरण तयार गर्न आग्रह गरिसकेको छ । असारदेखि शुल्क लिन नसके धेरै विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको निजी विद्यालय सञ्चालकले बताउँदै पनि आएका छन् ।

प्रकाशित मिति: जेष्ठ १२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend