धरानः नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । सोमबार बिहान थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै देशभर कोरोना संक्रमितको संख्या ६७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
सोमबार पुष्टि भएका संक्रमित धनुषाको नगराइन, कामाडौंको टोखा र बुढानिलकण्ठ, बाराको कलैया, रौतहटको राजपसर फरहदवा र इशानाथ, सप्तरीको डाक्नेश्वरी, बर्दियाको वासगढी, बाँकेको दुधवा र साप्ती सोनारी, बाराको गढिमाई, दैलेखको नारायण ढुंगेश्वर, र गुराँस गाउँपालिकाका रहेको मन्त्रालयले जनाएको छ । संक्रमित ७२ मध्ये दैलेखकी एक महिलाबाहेक सबै पुरुष हुन् ।
