धरानः मोरङको कानेपोखरी गाउँपालिका–५ मा ट्याक्टरबाट लडेर १ जनाको मृत्यु भएको छ ।
सोमबार बिहान सवा ९ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ त २४५९ नम्बरको ट्याक्टरमा सवार रहेका स्थानीय २७ बर्षीय प्रविण राई अचानक ट्याक्टरबाट लडेर घाईते भएका थिए । घाइतेलाई उपचारको लागि मंगलवारे अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
उता उदयपुरको रौतामाई गाउँपालिका–८ की ४३ वर्षीय नेप्टीमाया भनिने दिलमाया तामाङ आफ्नै घरमा मृत फेला परेकी छन् । सोमबार बिहान ७ बजेको समयमा तामाङ आफ्नै घरमा मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले महिलालाई धारिलो हतियार प्रहारबाट मृत रहेको अवस्थामा फेला पारेको हो ।
महिलाको धारिलो हतियार प्रहारबाट हत्या भएको आशंकामा प्रहरीले मृतककै श्रीमान ५२ वर्षीय विष्णु तामाङलाई नियन्त्रणमा लिएको छ भने मृतकको कानुनी प्रकृयाका साथै अन्य थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।