Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा बर्खे अधिवेशनको तयारी, केही सांसदले स्क्रिनमै हेर्ने

हाम्रो कोशी आवाज
जेष्ठ १२ २०७७, सोमबार
प्रदेश १ मा बर्खे अधिवेशनको तयारी, केही सांसदले स्क्रिनमै हेर्ने

विराटनगरः प्रदेश १ मा बर्खे अधिवेशनको तयारी थालिएको छ । यही जेठ १४ गते सरकारले अधिवेशन बोलाइसकेको छ । बर्खे अधिवेशन दुईवटा हलमा सञ्चालन हुने भएको छ ।
प्रदेशसभा सचिवालयले अहिले गरेको व्यवस्थाअनुसार एक तिहाइ सांसदले हालको बैठक कक्षमा बस्न पाउने छैनन् । उनीहरूका लागि माथिल्लो तलामा अर्को हल व्यवस्था भएको छ । दुवै हलमा क्यामेरा र स्क्रिनको व्यवस्था गरिएको छ । यसले मुख्य हलमा भएका दृश्य माथिल्लो हलमा बस्नेले र माथिल्लो हलको दृश्य मुख्य हलमा रहने सभामुखसहित अन्य सांसदले सुन्न र देख्नसक्ने व्यवस्था मिलाइएको छ ।
साविकको बैठक कक्षमा बढीमा ६३ जनासम्म अटाउने गरी कुर्सीको व्यवस्थापन भइसकेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन् । प्रदेश १ मा ९३ जना सांसद छन् । बर्खे अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुन्छ । बैठकअघि नै सांसद, पत्रकार, कर्मचारी र सुरक्षाकर्मीको कोरोना परीक्षण गर्न स्वाब संकलन भइसकेको छ । सभामुख, उपसभामुखसहित प्रदेश सांसदले कोरोना परीक्षणका लागि स्वाब दिएका छन् ।
सभामुख प्रदीपकुमार भण्डारीले अहिलेको परिस्थितिको कारण बैठकस्थलमा दूरी कायम हुने गरी बस्ने कुर्सीको व्यवस्थापन गरिएको बताए । पत्रकारहरुका लागि पनि माथिल्लो हलमा बसी रिपोर्टिङ गर्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति: जेष्ठ १२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend