Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गर्मीयाममा कोल्ड ड्रिङक्सभन्दा खरभुजा खानु फाइदै फाइदा

हाम्रो कोशी आवाज
जेष्ठ १२ २०७७, सोमबार
गर्मीयाममा कोल्ड ड्रिङक्सभन्दा खरभुजा खानु फाइदै फाइदा

धरानः गर्मीयाम सुरु भएसंगै बजारमा बिभिन्न किसिमका फलफूलहरु पाईन्छन् । गर्मीका बेला शरीरमा पानीको पनि कमी हुने भएकाले फलफूलको बढी सेवन लाभदायक मानिन्छ । गर्मियाममा शररीरलाई फ्रेस राख्न फलफूल निकै फाइदा जनक मानिन्छ ।
गर्मी मौसम लागेसगैँ बजारमा खरभुजा छ्याछ्याप पाउन थालिसकेको छ । गर्मीयाममा खरभुजा शरीरको लागि धेरै फाइदाजनक मानिन्छ । यसले शरीरमा पानीको मात्रा पूर्ति गर्नुका साथै छालामा चमक ल्याउछ । गर्मीमा कोल्ड ड्रिङक्स पिउनुभन्दा खरभुजा खानु उत्तम हुन्छ।
खरबुजा एउटा यस्तो फल हो जसमा पानीको मात्रा अत्यधिक हुन्छ । त्यसैले गर्मीमा यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन भने शरीर विशेषगरी पेटलाई चिसो बनाइराख्छ । खरबुजा तौल घटाउन पनि निकै सहयोगी हुन्छ ।
खरबुजा खाँदा यस्ता छन् फाइदा :-
पत्थरी भएकालेः जसको मृगौलामा पत्थरी छ, उनीहरुले खरबुजा धेरैभन्दा धेरै खानुपर्छ । खरबुजामा अत्यधिक पानी हुन्छ र यसले मृगौलालाई डिटक्स गर्न मद्दत गर्छ, त्यसकारण यो खाँदा फाइदा नै हुन्छ ।
तौल घटाउन : तौल नबढ्ने खानाको खोजीमा हुनुहुन्छ भने खरबुजा तपाईंका लागि राम्रो विकल्प हुनसक्छ । खरबुजामा निकै थोरै क्यालोरी हुन्छ र यो खाएपछि चाँडै भोक लाग्दैन । सय ग्राम खरबुजामा मात्र ३० ग्राम क्यालोरी हुन्छ । यसमा करिब १ मिलिग्राम सोडियम, कार्बोहाइड्रेट ८ ग्राम, फाइबर ०.४ ग्राम, सुगर ६ ग्राम, भिटामिन ए ११ प्रतिशत, भिटामिन सी १३ प्रतिशत, प्रोटिन ०.६ ग्राम पाइन्छ ।
प्रतिरोधी क्षमता बलियो बनाउँन : भिटामिन सी र ए प्रचुर मात्रामा भएको खरबुजाले प्रतिरोधी क्षमता बलियो बनाउँछ । यो आँखाका लागि पनि निकै फाइदाजनक मानिन्छ ।
दिमाग शान्त बनाउँछः खरबुजा चिसो फल हो । यो खाँदा पेट मात्र नभइ दिमाग पनि शान्त रहन्छ । यसको बियाँलाई पिसेर निधारमा लगाउँदा टाउको दुखेको पनि कम हुन्छ ।
उच्च रक्तचाप भएकालाईः रच्च रक्तचापको समस्या भएकाले खरबुजा खानुपर्छ । खरबुजामा निकै कम सोडियम हुन्छ र यो चिसो पनि हुन्छ

प्रकाशित मिति: जेष्ठ १२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend