Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झापामा आक्रमणबाट युवाको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ १३ २०७७, मंगलबार
झापामा आक्रमणबाट युवाको मृत्यु

धरानः झापामा जंगली हात्तीको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जंगली हात्तीको आक्रमणबाट युवाको मृत्यु भएको हो ।
भारतीय उनको हात्ती खेदाउँदै आउँदा उनीमाथि हात्तीले आक्रमण गरेको थियो । डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिंगीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको घटनास्थलमै मृत्यु भएको बताए ।
मोरङतिरबाट आएको हात्तीलाई नेपाली र भारतीय नागरिकले मिलेर धपाउने प्रयास गर्दागर्दै हात्तीले एक्कासी भारतीय युवकलाई झम्टेको थियो । हात्ती खेद्न सीमा नाघेर आएका ती भारतीय युवकको शव दशगजाको मकैबारीमा भेटिएको छ ।
घटनाको खबर पाएलगत्तै कोरोबारी प्रहरी चौकीबाट थप सुरक्षाकर्मी घटनास्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गत साता कचनकबलमा जंगलमा निगुरो टिप्न जाँदा हात्तीको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको थियो । रासस

प्रकाशित मिति: जेष्ठ १३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend