Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा संक्रमित ७ सय नजिक

हाम्रो कोशी आवाज
जेष्ठ १३ २०७७, मंगलबार
नेपालमा संक्रमित ७ सय नजिक

धरानः नेपालमा कोरोना संक्रमितहरुको संख्या बढेर ७०० नजिक पुगेको छ । मंगलबार कर्णालीमा थप १२ जना र गुल्मीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा मंगलबार पुष्टि भएका १२ जना सुर्खेतका हुन् । १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिका रहेका कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।
उनका अनुसार बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टाइनबाट ‘रयान्डम्ली’ लिइएका स्वाबको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको हो । यो सँगै अब कर्णालीमा कुल संक्रमित संख्या २३ जना भएको छ । उनले कर्णालीको अवस्था भवावह बन्दै गएको भन्दै समयमै बोर्डरमा क्वारेन्टाइनको जिम्मा नेपाली सेनालाई दिन नेपाल सरकारलाई आग्रह पनि गरे ।
पछिल्लो समय भारतबाट भित्रिएका व्यक्तिहरुमा संक्रमण देखिएको छ । कर्णाली प्रदेश सरकारले पनि भारतबाट आउने नेपालीलाई सीमावती क्षेत्रमै परीक्षण गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन नेपाल सरकार र केन्द्रीय विपद् व्यवस्थापन समितिलाई आग्रह गर्दै आएको छ । भारत सरकारले सीमासम्म पुग्न सहज बनाइदिएपछि करिब २५ हजार कर्णालीबासी घर फर्किने अनुमान गरिएको छ । अर्को तिर गुल्मीका थप दुई संक्रमितमध्ये १ जना जनप्रतिनिधि रहेको खुलेको छ ।
अर्का एक जना भने भारतबाट आएको व्यक्ति हुन् । जिल्ला प्रशासन कार्यालय गुल्मीले दुई जनामा कोरोना पुष्टि गरेको हो । योसँगै गुल्मीमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ भने एक जनाको मृत्यु भइसकेको छ । नेपालभरीको कुरा गर्दा संक्रमितहरुको संख्या ६९६ पुगेको छ । अहिलेसम्म १५५ जना डिस्चार्ज भइसक्दा ४ जनाको भने मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: जेष्ठ १३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend