Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लकडाउनमा सवारी चल्दैनन्ः प्रदेशमा १ मा दुर्घटना बढ्यो

हाम्रो कोशी आवाज
जेष्ठ १३ २०७७, मंगलबार
लकडाउनमा सवारी चल्दैनन्ः प्रदेशमा १ मा दुर्घटना बढ्यो

धरानः पाँचथर सीमावर्ती राँकेबजारमा बन्दाबन्दीको अनुगमनमा निस्केका एक प्रहरी हवल्दारको ट्रकको ठक्करबाट ज्यान गएको छ ।
सवारी आवागमनको अनुगमनका लागि सादा पोशाकमा खटाइएका प्रहरी हवल्दार नवीन बस्नेतको सोमबार भएको दुर्घटनामा मृत्यु भएको हो । लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सीमा क्षेत्रमा भइरहेको सवारी आवागमनको अनुगमन गर्न प्रहरी चौकी राँकेबाट बस्नेतलाई खटाइएको थियो । उनी एक स्थानीयवासीको मोटरसाइकल लिएर इलामतर्फ गइरहेका थिए । राँकेबजारको चामु होटल छेउमा बस्नेत सवार मे११प ४६६ नम्बको मोटरसाइकल र झापाको बिर्तामोडबाट फिदिम आइरहेको मे१ख १८६३ नंको ट्रक ठोक्किँदा बस्नेत गम्भीर घाइते भई ढलेका थिए ।
उपचारका लागि जिल्ला अस्पताल इलाम पु¥याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रोमनराज अर्यालले जानकारी दिए । प्रहरी हबल्दार बस्नेत चिलिङ्दिन प्रहरी चौकी राँकेमा कार्यरत थिए । दुर्घटनामा ठक्कर दिने ट्रकका चालक कमल सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । झापाको अर्जुनधारा घर भएका बस्नेत केही महिनादेखि उक्त चौकीमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
यता मोरङको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
सोमबार बेलुका सवा ७ बजेको समयमा मोरङको सुन्दरहरैचा नगरपालिका–९ झरना पुलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को३प ९७६२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सुन्दरहरैचा नगरपालिका–११ का ३१ बर्षीय गोबिन्द बजगाई घाइते भएका थिए ।
घाइतेलाई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा उपचारको क्रममा सोमबार राति ९ बजे मृत्यु भएको थियो ।
यसैगरी सोमवार राती १० बजे मोरङकै केरावारी गाउँपालिका–९ को भित्री सडक खण्डमा को ३८ प १०७१ नम्बरको मोटरसाइकल बाटोमा ढली राखेको रुखको हांगामा ठोक्किएर दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक स्थानीय ३० वर्षीय विकास गुरुङलाई उपचारको लागि विराटनर्सिङ होम विराटनगर पठाइएकोमा उपचारको क्रममा सोमबार राति ११ बजे मृत्यु भएको हो ।
उता इलाममा पौडी खेल्ने क्रममा डुबेर १२ बर्षीय बालकको मृत्यु भएको छ ।
इलामको माङसेबुङ गाउँपालिका–१ बस्ने कविराज बस्नेतको १२ बर्षीय छोरा सुवी बस्नेतको देउमाई खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । सोमवार दिउँसो १२ बजेको समयमा स्थानीय देउमाई खोलामा पौडी खेल्ने क्रममा अचानक डुबेर घाइते भएका बालकलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल इलाम पठाईएकोमा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलवारेले जनाएको छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान कार्य भइरहेको सो कार्यालयले जनाएको छ ।
लकडाउनमा सवारी चल्दैनन्ः प्रदेश १ मा दुर्घटना बढ्यो
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन जारी गरेपश्चात प्रदेश १ का मा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । यसअघि लकडाउनकै समयमा सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या सुनसरीमा अधिक रहेको पाइएको छ । सुनसरीमा जिल्लामामात्र लकडाउनको अवधीमा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । यस्तै, झापामा ४, मोरङमा ५, ताप्लेजुङमा २ र ओखलढुंगामा १ जनाले सवारी दुर्घटनामा परि ज्व्यान गुमाएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी लक्ष्मी अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ १३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend