धरानः प्रहरीले सुनसरीको कोशी गाउँपालिका–१ बाट नक्कली पेस्तोल (प्लाष्टिकको) र लागुऔषधसहित तीन युवालाई समातेको छ ।
मंगलबार बिहान बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–१ लौकहीका २२ वर्षीय सोशिल साह, ३० वर्षीय अमनकुमार साह र १९ वर्षीय गणेशकुमार साहलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले डाइलक्स डिसी १०० एमएलको ४७ बोतल, नाइट्रोसन ९० ट्याब्लेट, स्पास्मोप्रोक्सिवन २३ ट्याब्लेट, खेलौना प्लास्टिकको पेस्तोल थान, कौडा २१ थान र मोवाइल २ थान सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।