Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सञ्चारकर्मी र सञ्चारको लागि राहत घोषणा गरः देउवा

हाम्रो कोशी आवाज
जेष्ठ १३ २०७७, मंगलबार
सञ्चारकर्मी र सञ्चारको लागि राहत घोषणा गरः देउवा

विराटनगरः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सञ्चारकर्मी र सञ्चार क्षेत्रलाई बचाउन आग्रह गरेका छन् ।
नेपाल प्रेस युनियनको २९ औं स्थापना दिवसका अवसरमा मंगलबार जुम एपमा आयोजना गरेको कार्यक्रममा उनले सरकारले विशेष राहत प्याकेजसँग सम्बन्धित कार्यक्रम घोषणा गर्नुपर्ने बताए ।
कोरोना कहरका कारण सञ्चार क्षेत्र र त्यसमा कार्यरत पत्रकारहरू निकै संकटमा परेको भन्दै उनीहरूको विषयमा सरकार संवेदनशील हुन आग्रह गरे । ‘साना–ठूला सबै मिडिया हाउस समस्यामा परेका छन् । विज्ञापनको बजार संकटमा छ । पत्रकारका लागि सरकारले राहत कार्यक्रम घोषणा गर्नुपर्छ,’ उनले भने ।
देउवाले यो संकटका बेला पनि पत्रकारहरूले आफ्नो कर्तव्य निर्वाह गर्दै आएको कुरा सह्रानीय भएको भन्दै मिडियाले भूमिका खेल्नुपर्ने बताए । कार्यक्रममा युनियनका केन्द्रीय सभापति बद्री सिग्देलले कोरोनाको कारण पत्रकारहरूको बेरोजगार हुने दर बढ्न थाल्नु चिन्ताको विषय भएको बताए ।

प्रकाशित मिति: जेष्ठ १३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend