धरानः नेपालमा एकैदिन ९० जनामा जनामा कोराना भाइरको संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ९० जनामा संक्रमण पुष्टि भएको बताए ।
राष्ट्रिय जनस्वास्थ्यको प्रयोगशालामा ३५ जनाको रिपोर्ट पोजिटिभ आएको छ भने भेरी अस्पतालमा १, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा ७, सेती प्रयोगशालामा २, त्यसैगरुी पोखराको प्रयोगशालाकमा २, सुर्खेत प्रदेशिक अस्पतालमा १२ जना, नेपालगन्जमा ७ जना, दाङमा गरिएको परिक्षणमा २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । अहिलेसम्म नेपालमा १५५ जना कोरोना संक्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो चौबिस घण्टामा मात्रै ४३ जना डिस्चार्ज भएका छन् । उनीहरु मध्ये दुई जना महिला र बाँकी सबै पुरुष छन् । हालसम्म १२४ जना पुरुष र २१ जना महिला कोरोनालाई जितेर अस्पतालबाट डिस्चाज भएका डा. देवकोटाले जानकारी दिए । नेपालमा हालसम्म चार जना कोरोना संक्रमितको भने मृत्यु भएको छ ।