ताप्लेजुङः दिन प्रतिदिन कोरोना भाइरसको संक्रमण बढिरहेको समयामा पत्रकारलाई समेत कोरोना पोजिडिभ देखिन थालेकोले ताप्लेजुङ जिल्लामा क्रियाशील पत्रकार उच्च सतर्कता अपनाउन थालेका छन् ।
पत्रकार महासंघ ताप्लेजुङको पहल र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको सहयोगमा सोमबार ताप्लेजुङ जिल्ला अस्पतालमा २१ जना सञ्चार कर्मीको आरडीटी परीक्षण र ९ जना सञ्चारकर्मीले पिसिआर परीक्षण गरेका छन् ।
त्यस्तै, प्रेस संगठन नेपाल ताप्लेजुङ शाखाले ताप्लेजुङमा रहेका सञ्चारकर्मीका लागि मंगलबार देखि कोरोना बीमा गरिदिने भएको छ । नेपाल पत्रकार महासंघ ताप्लेजुङमा आबद्ध भई क्रियाशील रहेका तथा ताप्लेजुङस्थित बिभिन्न सञ्चार माध्यममा क्रियाशील ५० जनाको पत्रकारको एक वर्ष करार अवधीको एक लाख रुपैयाँ बराबरको कोरोना बीमा गरिदिने पत्रकार महासंघ ताप्लेजुङको कार्यवाहक अध्यक्ष चन्द्र पन्धाक (प्रयास) लिम्बूले जानकारी दिए । यसअघि पत्रकार महासंघको पहलमा आवश्यक स्वस्थ्य सामाग्री साथै प्रेस ज्याकेट समेत वितरण भइसकेको छ ।
फोटोः कृष्ण फुरुम्बो
