Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१७ जना संक्रमित थपिएपछि प्रदेश १ मा संक्रमित १०४

हाम्रो कोशी आवाज
जेष्ठ १४ २०७७, बुधबार
१७ जना संक्रमित थपिएपछि प्रदेश १ मा संक्रमित १०४

धरानः झापाका थप १७ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यीसहित प्रदेश १ मा संक्रमितको संख्या १ सय ४ पुगेको छ ।
बुधबार झापामा १७ जना कोरोना संक्रमित थपिएका हुन् । विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालकी डा. संगीता मिश्रले जानकारी दिइन् ।
संक्रमितमध्ये १५ जना केचनकवल गाउँपालिकाका छन् । उनीहरू भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए । बाँकी दुई जना भने गौरादह नगरपालिकाका छन् । योसँगै कोरोना संक्रमितको संख्या ८ सय ४२ पुगेको छ ।
बुधबार बिहानै रौतहटमा ३५, बाग्लुङमा ६ र हेटौंडामा एकजना संक्रमित थपिएका हुन् । जसमा रौतहट र बाग्लुङका संक्रमित भारतबाट आएको खुलेको छ । हेटौंडाकी संक्रमित २५ वर्षीया युवती भने चितवनबाट गत जेठ ९ गते घर पुगेकी थिइन् ।
यसअघि देखिएका संक्रमितहरुको सम्पर्कमा आएका र भारतबाट आएकाहरुको स्वाब नमुना संकलन गरी विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । प्रदेश १ का १४ मध्ये सात जिल्लामा संक्रमण पुष्टि भइसकेको छ । झापा, उदयपुर, मोरङ, सुनसरी, भोजपुर, खोटाङ र धनकुटामा संक्रमित भेटिएका हुन् ।

प्रकाशित मिति: जेष्ठ १४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend