धरानः नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या ११४ पुगेको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यो अहिलेसम्मकै संक्रमितको संख्यामध्ये सबैभन्दा उच्च हो । यसअघि मंगलबार ९० जनामा संक्रमण पुष्टि भएको थियो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरी बोडेबसाइनका ८, सप्तरैकै बालनबेहुल गाउँपालिकाका २ जना, सप्तरीकै सुरुङ्गा नगरपालिकाका १ गरी ११ जनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताए ।
त्यस्तै, कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाको कचनकबलका १५ र गौरादह नगरपालिकाका २ गरी १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यसैगरी हेटौँडाको कीटजन्य प्रयोगशालामा गरिएको परीक्षणमा हेटौडाका १ जना, रौतहट गडीमाई नगरपालिकाका ७ जना, पोखराको प्रदेशीक प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङका ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
प्रवक्ता देवकोटाले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा रुकुमपूर्वका ३ जना, दाङ घोरहीका ७ जना, लमही नगरपालिकाका ८ जना ग।री १८ जना, त्यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेको डुडुवा गाउँपालिकाका २ जना, राप्ती सोनारी गाउँपालिकाका ७ जना, बैजनाथ गाउँपालिकाका ६ जना र खजुरा गाउृँपालिकाका १ गरी १६ जनामा कोरोना पुष्टि भएको बताए ।
प्रवक्ता देवकोटाले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा रुकुमपूर्वका ३ जना, दाङ घोरहीका ७ जना, लमही नगरपालिकाका ८ जना ग।री १८ जना, त्यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेको डुडुवा गाउँपालिकाका २ जना, राप्ती सोनारी गाउँपालिकाका ७ जना, बैजनाथ गाउँपालिकाका ६ जना र खजुरा गाउृँपालिकाका १ गरी १६ जनामा कोरोना पुष्टि भएको बताए । त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सिरहा सिद्धिचरणका १, सिरहा घर भइ सप्तरीमा कार्यरत १ जना, बाराको प्रचौटा नगरपालिकाका ७ जना, रौटहट घर भइ बारामा रहेको १ जना, रौटहट गौरका ८ जना, देवाहीगुनाही २ जना, कटरियाका २ जना, श्रीजनता क्वारेन्टिनका १४ जना, मद्रासा रौतहटकै २ जना रहेका गरी ३८ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा २८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । नारायणी अस्पताल वीरगन्जबाट २१, कोशी अस्पतालबाट ४, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन् । योसँगै नेपालमा उपचारपछि निको भएर घर फर्कनेको संख्या १८३ पुगेको छ ।