Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गणतन्त्र १३ औं वर्ष, महामारीमा एक जुट बनौंः राष्ट्रपति

हाम्रो कोशी आवाज
जेष्ठ १५ २०७७, बिहिबार
गणतन्त्र १३ औं वर्ष, महामारीमा एक जुट बनौंः राष्ट्रपति

धरानः नेपालमा गणतन्त्र स्थापना भएको १२ वर्ष पूरा भएको छ । गणतन्त्र १३ वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार १३ औं गणतन्त्र दिवस मनाइँँदैछ ।
पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते राजतन्त्र अन्त्य गरी नेपालमा गणतन्त्र घोषणा गरेको थियो । सोही दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । तर यस वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिका कारण दिवसको अवसरमा औपचारिक कार्यक्रम हुने छैनन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिको कामना गरेकी छिन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत् देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका संघर्षमा आफ्नो जीवन आहूति गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छिन् । गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका सम्पूर्ण राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता एवं आम जनताको योगदानको उच्च प्रशंसा गर्दै उनले गणतन्त्रलाई थप सुदृढ तुल्याउन आह्वानसमेत गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले नोबल कोरोना भाइरसको संक्रमणमा परी स्वदेश तथा विदेशमा अमूल्य जीवन गुमाउने सबै नेपालीहरूप्रति पनि श्रद्धाञ्जली अर्पण गरेकी छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारले गर्दै आएको प्रयासलाई अझै प्रभावकारी बनाउँदै लैजान आग्रह गरेका छिन् ।

प्रकाशित मिति: जेष्ठ १५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend