Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बेलायतमा कोरोनाले भुपु सैनिक राईको निधन

हाम्रो कोशी आवाज
जेष्ठ १५ २०७७, बिहिबार
बेलायतमा कोरोनाले भुपु सैनिक राईको निधन

लन्डनः कोभिड १९ का कारण बेलायतमा अर्का एकजना भूतपूर्व गोर्खाको निधन भएको छ ।
बेलायतको ग्रेज बस्ने ६१ वर्षीय जीतेन्द्र राईको निधन भएको आफन्त एवं थर्रोक नेपलिज गोर्खाज कम्युनिटीका अध्यक्ष मानबहादुर राईले जानकारी दिए । ७ जिआरबाट अवकास प्राप्त राईको आर्मी नं २११६३८८७ हो ।
पुख्र्यौली घर खोटाङ जन्तेडाँडा–३ भएका स्वर्गीय राईको पछिल्लो समय उदयपुरमा बसाइ थियो । गत डिसेम्बरमा मात्र बेलायत आएका उनी लामो समय युकेमा बसेपछि नेपाल फर्किएर यहाँ अस्थायी रुपमा आवतजावत गर्दथे । युकेमा उनका तीन छोरा छन् भने श्रीमती नेपालमै छिन् ।
थर्रोक नेपलिज गोर्खाज् कम्युनिटी अध्यक्ष राईका अनुसार, स्वर्गीय राईको उच्च ब्लड प्रेसर थियो । श्वासप्रश्वासमा समस्या, उच्च तापक्रम र खोकी बढेपछि उनी तीन हप्ता घरैमा ‘आइसोलेसन’ मा बसेका थिए । त्यसपछि पनि निको नभएर उनी एसेक्सको बासिल्डन अस्पताल भर्ना भएका थिए । अस्पतालमा एक महिना लामो उपचार गर्दा पनि उनलाई चिकित्सकले बचाउन सकेनन् ।
बेलायतमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीमध्ये धेरैजसो भूतपूर्व गोर्खा छन् । लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरनका अनुसार ५३ जना भूतपूर्व गोर्खाले कोभिड १९ कै कारण बेलायतमा ज्यान गुमाइसकेका छन् । स्वर्गीय राईसहित यसबाट मृत्यु हुने भूतपूर्व गोर्खाको संख्या ५४ पुगेको छ ।

प्रकाशित मिति: जेष्ठ १५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend