Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा संक्रमित १०४२ जना, प्रदेश १, २ र ५ बढी प्रभावित

हाम्रो कोशी आवाज
जेष्ठ १५ २०७७, बिहिबार
नेपालमा संक्रमित १०४२ जना, प्रदेश १, २ र ५ बढी प्रभावित

धरानः नेपालमा कोरोना संक्रमित वृद्धि भएका छन् । वृद्धि भएसँगै नेपालमा संक्रमितको संख्या हजार नाघेको छ ।
मंगलबार ९० जना, बुधबार ११४ जना र बिहीबार १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार मात्रै नेपालमा १५६ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताए ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १०४२ पुगेको छ भने अहिलेसम्म ५ जनाको संक्रमणकै कारण निधन भएको छ ।
सुरुमा नेपालमा संक्रमणको दर थोरै रहे पनि पछिल्लो समय परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि बढ्दै गएको छ । नेपालमा पहिलो कोरोना संक्रमित भेटिएको १०६ दिनपछि संक्रमितको संख्या १०० नाधेको थियो ।
गत वैशाख २५ गते नेपालमा संक्रमितको संख्या १०१ पुगेको थियो भने त्यसको ५ दिनपछि वैशाख ३० गते संक्रमितको संख्या २१७ पुगेको थियो ।
चीनबाट नेपालमा कोरोना भित्रिएको भए पनि पछिल्लो समय भारतबाट आउने नेपालीहरु बढी संक्रमित भएको पाइएको छ । कोरोनाबाट सबैभन्दा बढी प्रदेश ५, २ र १ बढी प्रभावित भएका छन् भने भारतबाट ठूलो संख्यामा नागरिक भित्रिएसँगै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश पनि खतराको सूचीमा छन् ।
पछिल्लो २४ घण्टामा थप संक्रमण पुष्टि हुनेहरुमा धनुषाका २९ जना, झापाका २५ जना, रौतहटका २० जना, महोत्तरीका १७, सप्तरीका १४ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना, स्याङ्जा र बर्दियाका ३र३ जना, दोलखा र कैलाली २र२ जना र बाँके, मकवानपुर, दार्चुला, बझाङ, सोलुखुम्बु र नवलपरासी पूर्वका एकरएक जना रहेका छन् ।
संक्रमण पुष्टि भएकाहरुमध्ये हालसम्म १८७ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै बुधबार थप एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबार ललितपुरको बुङमतीका ५६ वर्षीय पुरुषको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । पहिलेदेखि नै कलेजोसँग सम्बन्धित रोगले ग्रसित उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: जेष्ठ १५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend