Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रुकुम घटनाः प्रदेश १ बैठकमा गर्जिए महिला

हाम्रो कोशी आवाज
जेष्ठ १५ २०७७, बिहिबार
रुकुम घटनाः प्रदेश १ बैठकमा गर्जिए महिला

विराटनगरः प्रदेश एकको प्रदेश सभा बैठकमा रुकुममा घटेको बर्बर घटनाका दोषीमा कडा कार्वाहीको माग उठेको छ । दलित र गैरदलितको प्रेम बिवाहको बिषयमा पश्चिम रुकुमको चौरजहारीमा भएको हत्या घटनाको प्रदेश नं १ का सांसदहरुले चर्को विरोध गरेका छन् ।
बैठकको शुन्य समयमा बोल्दै सत्तारुढ दल नेकपाकी सांसद उमिता विश्वकर्माले २०६३ साल जेठमा मुलुक छुवाछुतमुक्त घोषणा भइसक्दापनि घटनाक्रम अझैपनि छुवाछुतमय नै रहेको गुनासो गरेकी थिइन् ।
केहीदिन अघि रुकुममा भएको बर्बर घटनामा दोषीमाथि कडा कार्वाहीको माग गरेकी विश्वकर्माले अन्र्तजातीय प्रेमलाई टुटाएर हत्याकाण्डमा संलग्न सबैलाई कानूनी दायरामा ल्याउन माग गरिन् । घटनाबारे संघीय सरकारको छानविन समितिसँगै संसदीय छानविन समिति गठन गरी सुक्ष्मरूपमा अनुसन्धान र दोषीमाथि कार्वाहीको माग गरेकी थिइन् । गणतन्त्र आइसक्दा पनि अझै दलितहरुले न्यायको अनुभुति गर्न नपाएको भन्दै सांसद बराइलीले एक नम्बर प्रदेशमा पनि दलितहरुमाथि अझै अन्तजातीय विवाहका नाममा जेल हाल्ने, बहिष्कार गर्ने र यातना दिने कार्य भैरहेकोले गम्भिर हुन सरकारको ध्यान आकर्षण गराइन् ।
प्रतिपक्षी दल नेपाली कांग्रेस धनकुटाकी सांसद लिला सुब्बाले धनकुटामा एक १३ वर्षीया दलित बालिकामाथि ४ जना वृद्धले बलात्कार गरेकोले कार्वाहीको माग गरिन् । ‘गणतन्त्रमा अझै पनि दलित र महिलाहरुमाथि हिंसा भइरहनु अति नै असुहाउँदा कुरा भएकोले त्यसको समुल अन्त गरिनुपर्छ ।’ उनले भनिन् ।
समाजवादी पार्टीका सांसद जयराम यादवले गणतन्त्र आइसक्दा पनि दलित समुदायमाथि जातिय विभेद कायमै रहेको धारणा राखे ।

प्रकाशित मिति: जेष्ठ १५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend