विराटनगरः मोरङको बेलबारीमा एक युवकले आफ्नै आमाको हत्या गरेका छन् ।
हत्यापछि आफैले आफैमाथि छुरा हानी आत्महत्या गरेका छन् । बेलबारी–४ का ३१ वर्षीय काले भनिने जीवन लिम्बुले ६१ वर्षिया आमा देवीकुमारीलाई बिहीबार बिहान १० बजेतिर घरमै इँटाले टाउकोमा प्रहार गरेर हत्या गरेका थिए ।
आमाको हत्या गरेपछि उनले आफैलाई शरीरका विभिन्न भागमा छुरा प्रहार गरेका थिए । घाँटी लगायत विभिन्न भागमा गहिरो चोट रहेका उनको पनि बेलबारीस्थित नोवेल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । जीवनले के कति कारणले आमाको हत्या गरी आफुले पनि आत्महत्या गरे भन्ने विषयमा प्रहरीले गम्भिर रुपमा अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । ।