Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब डिजेल, पेट्रोल र सुनको भाउ बढ्ने, इनरुवादेखि यसै वर्ष निर्माण सकिने गरी रेल

हाम्रो कोशी आवाज
जेष्ठ १५ २०७७, बिहिबार
अब डिजेल, पेट्रोल र सुनको भाउ बढ्ने, इनरुवादेखि यसै वर्ष निर्माण सकिने गरी रेल

धरानः अब डिजेल पेट्रोल, मट्टितेल र सुनको मूल्य बढ्ने भएको छ ।
सरकारले डिजेल पेट्रोल, मट्टितेल र सुनको भन्सार महशुल बढाएसँगै मूल्य निश्चित नै बढ्ने भएको हो । बिहीबार आ.व. २०७७–०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।
इन्धनमा खाना पकाउने ग्यास र हवाई इन्धनबाहेक डिजेल, पेट्रोल, मट्टितेल र सुन तथा सुनको गहनाको भन्सार महशुलमा सामान्य वृद्धि गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए । फजुल खर्चमाथी नियन्त्रण जमाउँन सरकारले यस्तो व्यवस्था गरेको हो ।
इनरुवादेखि यसै वर्ष निर्माण सकिने गरी रेल
सरकारले पूर्व–पश्चिम विद्युतीय रेल निर्माणको काम अगाडी बढाउने भएको छ । भारतिय सीमादेखि सुनसरीको इनरुवासम्म यसै बर्ष निर्माण सकिनेगरी काम हुनेछ । यसैगरी नेपाली ठूला नदी हुँदै भारतको समुन्द्र हुँदै विश्वभरी नेपाली पानी जहाज चलाउनेगरी काम गर्न सरकारले बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. खतिवडाले आगामी आर्थिक वर्ष ०७७र७८ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । रेलमार्गका लागि १९ अर्ब ६६ करोड बजेट विनियोजन भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ४२ अर्ब विनियोजन भएको छ । २५० पुल निर्माण गरिने, ३ सय भन्दा बढी निर्माणाधीन पुल सम्पन्न गर्न र १३०० स्थानीय पुल निर्माण गर्न १० अर्ब विनियोजन भएको छ । महाकाली नदीमा मोटरेबल पुल निर्माण सम्पन्न गर्न ८८ करोड बजेट विनियोजन भएको छ ।
हुलाकी राजमार्गका लागि ७ अर्ब ५१ करोड र मदन भण्डारी राजमार्गका लागि ३ अर्ब ७ करोड बजेट छुट्याइएको छ । मदन भण्डारी राजमार्ग ५ वर्षभित्र र हुलाकी राजमार्ग ३ वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य छ । पूर्व पश्चिम राजमार्गलाई ३ वर्षभित्र एसियाली स्तरको बनाउने गरी १२ अर्ब २१ करोड बजेट छुट्याइएको छ । पुष्पलाल राजमार्गलाई ३ वर्षभित्र सक्न ३ अर्ब २७ करोड विनियोजन भएको छ ।

प्रकाशित मिति: जेष्ठ १५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमै थन्कियो ११ करोड बढी मूल्यको काठ

    -अर्जुन आचार्य धरानः कोशी प्रदेशका सरकारी तथा सामुदायिक वनहरूमा काठ दाउराको उत्पादन वर्षौंदेखिको औसतभन्दा निकै माथि पुगेर ऐतिहासिक रेकर्ड बनाइरहँदा वन पैदावार बिक्री भने सोही...

    • २ दिन अगाडी
    • १० मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend