Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सरकारले अनलाइन न्युजपोर्टलाई पनि लोककल्याणकारी विज्ञापन दिने

हाम्रो कोशी आवाज
जेष्ठ १५ २०७७, बिहिबार
सरकारले अनलाइन न्युजपोर्टलाई पनि लोककल्याणकारी विज्ञापन दिने

धरानः अनलाइन न्युजपोर्टले समेत सरकारद्वारा उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ ।
यसअघि पत्रिका, रेडियो र टिभीलाईमात्रै लोककल्याणकारी विज्ञापन दिने गरिन्थ्यो । सरकारले पत्रिकाहरूलाई उपलब्ध गराउने आउँदै आएको लोककल्याणकारी विज्ञापन अनलाइन समाचार माध्यमलाई पनि दिने भएको हो । अनलाइनबाट समेत लोककल्याणकारी विज्ञापन प्रकाशन तथा प्रसारण गरिने भएको छ । सरकारको आर्थिक वर्ष २०७७–७८ को बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन् । सरकारले अगामी वर्षसम्म फाइबर टु होमबाट सबै स्थानमा इन्टरनेट पु¥याउने र आगामी वर्ष देशभरी फोर जी सेवा पु¥याइने बताइएको छ ।
सबै प्रदेशमा सञ्चारग्राम र नेपाल टेलिभिजनलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउने अर्थमन्त्री खतिवडाले बजेटमा सार्वजनिक गरे । उनले पत्रकार बिमालाई निरन्तरता दिने बताए । प्रत्येक प्रदेशमा चलचित्र छायांकन गर्ने र चलचित्र विकास बोर्डलाई भवन निर्माणका लागि रकमको व्यवस्था गरिएको उनले बजेट भाषणमा उल्लेख गरे ।
सरकारले चालु आर्थिक वर्षमा नवीकरण गर्न छुटेका सामुदायिक र सहकारीबाट सञ्चालित एफएमलाई आगामी २०७७ पुसम्म नवीकरण गर्दा छुट उपलब्ध गराउने भएको छ ।

प्रकाशित मिति: जेष्ठ १५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १२ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १२ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १४ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend