Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पानबारीबासी धुँवारहित चुलो पाएपछि दंग

हाम्रो कोशी आवाज
जेष्ठ १६ २०७७, शुक्रबार
पानबारीबासी धुँवारहित चुलो पाएपछि दंग

धरानः धरान–६ पानबारीका बासिन्दालाई धुँवारहित चुलो वितरण गरिएको छ ।
धरान–संखुवासभा सरोकार समाजको अगुवाइ र धरान उपमहानगरपालिकाको सहयोगमा वडा नं. ६ माथिल्लो पानबारीमा विपन्न परिवारलाई ३६ थान धुवाँरहित आधुनिक सुधारिएको चुलो वितरण गरिएको समाजका अध्यक्ष मिङ्मा भोटेले जानकारी दिए ।
नेकपाका धरान अध्यक्ष नारायण सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीयबासीले चुल्हो पाउँदा हर्षित र दंग बनेका थिए । धुँवा कम हुने र दाउरा समेत कम लाग्ने भएकाले गाउँघरमा चुलोे उपयोगी रहेको स्थानीय वडा सदस्य गोमादेवी गौतम (खनाल) ले बताइन् । ‘एक ठाउँबाट अर्को ठाउँमा लैजानको लागि समेत चुलो उपयोगी छ’ उनले भनिन्, ‘गाउँले धुँवामुक्त हुने भो भनेर खुसी छन् ।’
कार्यक्रममा बोल्दै सुवेदीले प्रमुख अतिथि सुवेदीले चुलो उपयोग रहेको र यसले मानव स्वास्थ्यलाई समेत असर नगर्ने बताए । कार्यक्रममा समाजकी सल्लाहकार शिला बजाचार्य, समाजका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । समाजका अध्यक्ष भोटेले यसअघि तल्लो पानबारी, धरान–४ र ५ का विपन्न परिवारलाई पनि यस्तो चुलो वितरण गरिसकेको बताए । उनले अझै सो स्थानमा केही विपन्न छुटेकोले अर्को पटक वितरण गरिने बताए ।
धुँवा कम हुने र दाउरा समेत कम लाग्ने भएकाले गाउँघरमा चुलोे उपयोगी रहेको उनको भनाइ छ । ‘गाउँ नै धुँवामुक्त हुने भो भनेर खुसी लागेको छ ।’ उनले भने । रकेट चुलोबाट पकाइएको खाना स्वादिष्ट हुनुका साथै उर्जा सन्चिती भई वन विनास हुनबाट समेत जोगिने बताए ।
फोटोः हाम्रो कोशी आवाज डटकम

प्रकाशित मिति: जेष्ठ १६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend