Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा कोरोना संक्रमित १२१२, २०६ ले जिते, सरकारले भारतबाट नेपाल छिर्ने नाका तोक्यो

हाम्रो कोशी आवाज
जेष्ठ १६ २०७७, शुक्रबार
नेपालमा कोरोना संक्रमित १२१२, २०६ ले जिते, सरकारले भारतबाट नेपाल छिर्ने नाका तोक्यो

धरानः नेपालमा हालसम्मकै बढी कोरोना संक्रमित देखिएका छन् ।
पछिल्लो २६ घण्टामा नेपालमा १७० थप जनामा कोरोना पुष्टि भएको हो । योसंख्या अहिलेसम्मकै बढी हो । यसअघि मंगलबार ९० जना, बुधबार ११४ जना र बिहीबार १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप १७० जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ भने २०६ जना कोरोनालाई जितेर घर फर्केकाका छन् ।
प्रवक्ता देवकोटाका अनुसार कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका २७ जनाको रिपोर्ट पोजिटिभ आएको छ । यस्तै, धरानमा भएको परीक्षणमा सप्तरीका ४ सहित ५ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ३ र पर्साका ५ गरी ९ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमित महिला रहेको र सर्लाही घर भई अहिले पाटन अस्पतालमै रहेको उनले बताए ।
यस्तै गण्डकी अस्पतालमा गरिएको परीक्षणमा म्याग्दीका १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ र नवलपरासीका २ सहित ६ जनामा पोजिटिभ देखिएको छ । यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जनामा पोजिटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनामा पोजिटिभ देखिएको छ ।
भारतबाट प्रवेश गर्ने विन्दु तोकियो
सरकारले तोक्यो भारतबाट प्रवेश गर्ने बिन्दुहरु तोकेको छ । सरकारले लकडाउनका बेला स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई २० नाका तोकेको छ ।
कोडिभ–१९ रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले २० वटा नाका तोकेको हो । जसमा पशुपतिनगर, काकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भित्तामोड, मंगलवा, गौर, वीरगञ्ज, महेशपुर, बेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला रहेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए ।

प्रकाशित मिति: जेष्ठ १६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend