धरानः श्री श्री रवि शंकर संस्थापक रहेको अध्यात्मीक संस्था द आर्ट अफ लिभिङ नेपालद्वारा धरान सेन्टरमार्फत् १८ स्थित रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० थान पिपिई अर्थात् (पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट) सहयोग गरेको छ ।
प्रतिष्ठानमा कार्यरत् चिकित्सक, नर्स तथा अन्य कर्मचारीहरूलाई कोरोना महामारीबाट बच्नका लागि अपनाइने सुरक्षालाई मध्यनजर गर्दै सो अध्यात्मक संस्थाले पिपिइ सहयोग गरेको हो ।
संस्थाका नेपालका लागि नेपालस्थित काठमाडौमा रहेको केन्द्रीय कार्यालयको कोष तथा सुनसरी जिल्लाको धरानमा रहेको सेन्टरका प्रशिक्षक तथा द आर्ट अफ लिभिङ धरान समिति संयोजक पार्वती श्रेष्ठको सहयोगमा सो पिपिई उपलब्ध गराइ प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो ।
नेपालभरी नै अध्यात्मिक संस्था द आर्ट अफ लिभिङको केन्द्रका महासचिवको सन्दीप शाहको अगुवाईमा सो कार्यालयाई अगाडी बढाइएको हो भने शुक्रबार ५० थान पिपिई प्रतिष्ठानलाई प्रदान गरिएको श्रेष्ठले जानकारी दिए । ती सबै पिपिईको बजार मूल्य करिब २ लाख पर्ने द आर्ट अफ लिभिङ सरस्वती श्रेष्ठले जानकारी दिए ।
सोनाम घार पिपिई उत्पादन सेन्टरबाट खरीद गरी ल्याईएको ५०० थान पिपिई मध्येमा ५० थान पिपिई प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह लिभिङलाई द आर्ट अफ पिपिई हस्तान्तरण गरेका थिए । सोही हस्तान्तरण कार्यक्रममा अस्पतालका निर्देशक डा.साहले संकटको बेला पिपिई सहयोगले स्वास्थ्यकर्मीहरुलाई धेरै राहत पुग्ने भन्दै धन्यवाद दिएका थिए । कोरोना संक्रमणको उपचारमा अत्यन्तै महत्वपूर्ण मानिएको पीपीईले उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाएर उत्साहित बनाउन सहयोगी भूमिका निर्वाह गर्ने बताए ।
शाहले सबैको सहयोगले एक साताभित्र कोभिड १९ अस्पताल तयार भएको उल्लेख गर्दै कोरोनाको उपचारको लागि सबै किसिमको तयारी गरिएको बताएका छन् । त्यस्तै, उनीहरूले धरान वडा नं १८ लाई प्रतिष्ठानमा रहेका करुवाहरुलाई खाना खुवाउन ५१ हजार बराबरको खाद्यान्न सामग्री समेत प्रदान गर्नै डिडिसी सदस्य पार्वती श्रेष्ठले जानकारी दिइन् ।
त्यस्तै द आर्ट अफ लिभिङ धरान सेन्टरले प्रबिधिक कारण बस छुुटन पुगेका धरान वडा नं १८ ले स्थापना गरेको कोरोना राहत कोषका संयोजक वडा अध्यक्ष प्रविण राई सतिको टिमलाई ५१ हजार बराबरको खाद्यान्न र जियाउल हक मेमोरियल ट्रष्टलाई १० थान पिपिई आउदो सोमबार प्रदान गरिने समेत श्रेष्ठले जानकारी दिइन् ।
