Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङमा पनि दलित युवा हत्याको विरोध, अगुवाहरूले पठाए प्रधानमन्त्रीलाई ज्ञापन

हाम्रो कोशी आवाज
जेष्ठ १६ २०७७, शुक्रबार
ताप्लेजुङमा पनि दलित युवा हत्याको विरोध, अगुवाहरूले पठाए प्रधानमन्त्रीलाई ज्ञापन

फोटो : ज्ञापनपत्र बुझ्दै ताप्लेजुङ जिल्ला प्रसाशन प्रमुख दोरेन्द्र निरौला ।

ताप्लेजुङः ताप्लेजुङका दलित अगुवाहरूले रुकुम जिल्लामा नवराज विकसहित ४ जनाको हत्याको सत्यतत्य छानविनको माग गदै शुक्रबार जिल्ला प्रशासन कार्यालय तापलेजुङमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
गत जेष्ठ १० गते रुकुम जिल्लाको चौरजशारी नगरपालिका ८ मा नवराजसहित ४ जना हत्या भएको घटनाको विरोधमा ताप्लेजुङको सदरमुकाम फुङलिङमा प्रेस विज्ञप्ति जारी गरिएको छ । जाजरकोट जिल्ला भेरी नगारपालिका ४ राना गाउँ बस्ने नवराज विक र चौरजहारी नगरपालिका–४ की सुष्मा मल्लबीच प्रेम विवाह हुन नदिनलाई योजनाबद्ध हत्या गरिएको प्रेस विज्ञाप्तिमा उल्लेख गरिएको छ ।
हत्या गरिएका, घाइते र बेपत्ता परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न, हत्याकाण्डको सत्यतत्य छानविन लागि उच्चस्तरीय संसदीय समितिको निर्माण गरेर बाहिर ल्याएर कुनै पनि राजनितिक दबाव र प्रभावमा मुक्त भएर दोषीलाई हदैसम्मको कारबाहीको माग ज्ञापनपत्रमार्फत् प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।
नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा मुलुक छुवाछुतमुक्त राष्ट्र घोषण भएको १२ वर्ष भएपनि अहिलेसम्म यो वा त्यो बहानामा दलित समुदायमाथि पटक–पटक भइरहेको हत्याका घटनाले शासन व्यवस्था परिवर्तन भएपनि सामाजिक संरचना, मानसिक सोच र व्यवहार आजसम्म नभएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । दलित समुदायलाई राजनीतिक परिर्वतन र सत्ता प्राप्तिको भरयाङको रूपमा मत्रै नलिन ज्ञापनपत्रमा भनिएको छ ।

प्रकाशित मिति: जेष्ठ १६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend