Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोना जितेका भोजपुरका उपेन्द्र राई भन्छन्: बिहान-बेलुका एक थाल भात खाएँ, आत्मबल सिथिल नपारी जितें कोरोना

हाम्रो कोशी आवाज
जेष्ठ १७ २०७७, शनिबार
कोरोना जितेका भोजपुरका उपेन्द्र राई भन्छन्: बिहान-बेलुका एक थाल भात खाएँ, आत्मबल सिथिल नपारी जितें कोरोना

साउदीमा दुई वर्ष फर्केका भोजपुर हतुवागढीका उपेन्द्र राई गत गत फागुनमा फर्किए । हिमालयन एअरलाइन्सको ९५६० नम्बर फ्लाइटबाट चैत १ गते काठमाडौं ओर्लिए उनी । विदेशबाट आएकालाई क्वारेण्टाइन अनिवार्य थिएन । उनी बस चढेर सीधै सुनसरी लागे । सुनसरीको चतारमा बस्थे श्रीमती र छोरी । हप्तादिन उनले चतारामै बिताए । श्रीमती कपडा सिलाउँथिन्, ४ वर्षकी छोरी चताराकै एक स्कुलमा पढ्थिन् ।
भेटघाटका लागि श्रीमती र छोरीसँगै ससुराली गए उपेन्द्र । उदयपुरको बेलका नगरपालिकामा हो, उनको ससुराली । जुन ठाँउ भुल्केदेखि नजिकै हो । ३ दिन ससुरालीमै बिताएपछि चैत १० गते उनी घर गए । त्यही दिनबाट लकडाउन शुरु भयो । लकडाउन भएपनि घरमा खेतिपाती लगाउनु थियो । मकै रोप्ने बेला भएकाले उनी हरेक दिनजसो बारीमा गोरु जोतेर मकै रोप्न ब्यस्त भए ।
कोरोनाको त्रास भएपनि काममै ब्यस्त हुनुपरेकाले समय बितेको पत्तो भएन । खेतिपाती लगाउने बेला भएकाले लकडाउनमा घरभित्रै बस्ने अवस्था पनि रहने, उनका लागि । गाँउमा पुरै आउजाउ नै बन्द हुनेगरी लकडाउन भएको थिएन ।
खेतबारीमा काम गरी बचेको समयमा साथीभाई मिलेर भलिवल खेल्ने गर्थे । वैशाख ५ गते उदयपुरको भुल्केबाट सबैतिर त्रास फैलियो, कारण एकैदिन नेपालमा १२ जना कोरोना संक्रमित भेटिए । भारतबाट तराईका विभिन्न जिल्ला हुँदै भुल्केको एक मस्जिद पुगेका १२ जना लकडाउन हुँदा त्यहीँ फसे । पछि परीक्षण गर्दा एकैपटक १२ जनामा संक्रमण देखियो ।
भुल्के नजिकैको ससुराली घर गएर फर्किएको भएपनि उपेन्द्रलाई कुनै आशंका थिएन । किनकी उनलाई कुनै लक्षण नै देखिएको थिएन । २६ वर्षे लक्का जवान उपेन्द्र हट्टाकट्टा नै थिए । उनले सुनेका थिए कोरोना भाइरसको संक्रमण हुदा रुघाज्वरो लागेजस्तो हुन्छ भन्ने । त्यसैले ससुराली गाउँमा कोरोना फैलिए पनि उनी आफूलाई सरेको छैन भन्नेमा ढुक्क थिए । विदेशबाट महिना दिनअघि फर्किएका उनलाई सुरुमा कसैले क्वारेण्टाइन बस्न सुझाएनन् । न त उनी आफैलाई क्वारेण्टाइन बस्नुपर्छ भन्ने लाग्यो । तर भुल्केमा संक्रमित देखिएपछि भुल्के नजिकै ससुराली गाउँमा उपेन्द्र महिना दिन अगाडि पुगेकाले गाउँपालिकाले क्वारेण्टाइनमा बस्न लगायो ।
उनको आरडिटी परीक्षण नतिजा पोजेटिभ देखियो । त्यसपछि भने झस्किए उनी । तर पीसीआरको रिपोर्ट आउन बाँकी भएकाले आफूलाई संक्रमण भएको छैन भन्नेमा ढुक्क थिए उपेन्द्र । तर, पीसीआर रिपोर्ट आयो पोजेटिभ नै । उनले आफूलाई कोरोना भाइरस संक्रमण भयो भन्ने पत्याएनन् । कारण, उपेन्द्रलाई आरडीटी र पीसीआरको रिपोर्ट देखाइएको थिएन ।
प्रहरीले फोन गरेर उनलाई संक्रमण भएको जानकारी दिएको रहेछ । नआत्तिन र अरुका कुरा नसुन्न प्रहरीले आग्रह गरयो । प्रहरीले आग्रह गरेर के मान्थ्यो मन, डर शुरु भइहाल्यो ।
तर आत्तिएनन् उनी, किनकी संक्रमण भएपनि ठीक हुन्छ भन्ने समाचार धेरै सुनेका थिए । त्यसपछि उनलाई एम्बुलेन्समार्फत लगियो कोशी अस्पताल ।
वैशाख १३ गते अस्पताल भर्ना भएका उनी १६ दिन अस्पताल बसे । अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको राम्रै व्यवहार पाए उनले । ४ जना अरु संक्रमित पनि थिए उनलाई राखिएको आइसोलेसन हलमा । मोबाइल चलाउन दिइएकै थियो तर इन्टरनेट सुविधा थिएन । अस्पताल बस्दा खासै केही समस्या भोग्नु परेन उपेन्द्रले । तर कहिलेकाही शौचालयमा पानी हुँदैनथ्यो । निकै समयपछि मात्रै अस्पतालले पानीको ब्यवस्था गथ्र्यो ।
‘दुई थाल बजाइन्थ्यो बिहान बेलुका, एक थाल बिहान, एक थाल बेलुका । त्यति हो मैले खाएको औषधि,’ उपेन्द्रको जवाफ अनौठो सुनियो । कुनै पनि औषधि नखाएरै कोरोना जितेको उपेन्द्र दाबी गर्छन् ।
‘सुरुमा पनि मलाई अरु त टाढाको कुरा खोकीसमेत लागेको थिएन । अस्पतालमा पनि ज्वरो खोकी अहँ केही पनि लक्षण देखिएन । एक गोली पनि खाएको छैन औषधीका नाममा । अहिले पनि मलाई केही पनि समस्या छैन,’ आफ्नो स्वास्थ्यबारे जानकारी दिँदै उनले भने ।
वैशाख २८ गते डिस्चार्ज भएका उपेन्द्र झण्डै तीन हप्तासम्म पनि आफ्नो स्वास्थ्यबारे कसैले चासो नदेखाएकोमा भन्ने दुखी छन् । ‘घर गएको १४ दिनसम्म अलगै बस्नु । फेरि स्वास्थ्य जाँच गर्नुपर्छ । तपाईकै घरमै स्वास्थ्यकर्मीको टोली आउँछ भनेका थिए,’ उनले भने,’ सत्र र अठार दिन भइसक्यो । गाउँपालिकामा पनि फोन गरेर भनेको थिएँ । तर मेरो स्वास्थ्यबारे बुझ्न कोही आएका छैनन् ।’
क्वारेण्टाइनमै बसेका बेला उनको आरडीटी र पीसीआर गरियो । त्यसैले उनले कोरोना पुष्टि भएपछि घर परिवारका कसैलाई पनि भेटन पाएनन् । तर श्रीमतीसँग फोनमा कुराकानी भइरहन्थ्यो । खबर सुनेपछि उनले श्रीमतीलाई नै फोन गरेर सम्झाए । मलाई संक्रमण भएको भए पनि केही हुँदैन, पीर नगर्नु म अस्पताल गएर केही दिनमै ठीक हुन्छु भन्दै उनले श्रीमतीलाई सम्झाए । ‘खबर सुनेपछि त घर परिवार सबै आत्तिए । लौ न कसो गर्ने होला भन्ने भयो सबैलाई तर मैले नै सबैलाई सम्झाए । आफूलाई डर लागेको भए पनि सम्झाउनुपर्ने त मैले नै भयो,’ उनले भने । कोरोना जितेपछि अहिले उनका घर परिवार सबै खुसी छन् । उपेन्द्रको दैनिकी अहिले होम क्वारेण्टाइनमै बितिरहेको छ । गाउँमा अरु खेतबारीमा गएर काम गरिरहेको भए पनि उनी अझै कहीकतै निस्केका छैनन् ।
डराएन भने सजिलै कोरोना जित्न सकिन्छ भन्ने धारणा छ, उपेन्द्रको । कोरोना जित्न आत्मबलको खाँचो औल्याउछन् उनी । ‘संक्रमण भए पनि नडराएर आत्मबल कमजोर नबनाउने हो भने कोरोना लागे पनि समस्या नहुने रहेछ । मुख्य कुरा त डराउनु नै भएन,’ उनले भने । खानपिनमा ध्यान दिन, आत्मबल कमजोर नबनाउन र चिकित्सकको सल्लाह मान्न सुझाव दिन्छन्, उपेन्द्र । कोरोना लागे पनि त्यस्तो केही नहुँदो रहेछ । चाँडै ठिक भइहाल्छ । डाक्टरले भनेको मान्नु त पर्छ नै । त्यसो गर्दा चाँडै कोरोना ठीक हुन्छ ।’

प्रकाशित मिति: जेष्ठ १७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend