Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहक्षेत्रबाट राईको हत्या आरोपमा लिम्बू र राजधामी पक्राउ

हाम्रो कोशी आवाज
जेष्ठ १७ २०७७, शनिबार
बराहक्षेत्रबाट राईको हत्या आरोपमा लिम्बू र राजधामी पक्राउ

धरानः जिल्ला प्रहरी कार्यालय सुनसरीले हत्या आरोपमा दुईजनालाई सुनसरीको बराहक्षेत्रबाट पक्राउ गरेको छ ।
शनिबार बराहक्षेत्र इक्राहीका २२ वर्षीय गणेश लिम्बू र १९ वर्षीय प्रदीप राजधामीलाई बराहक्षेत्र ३ बाङ्गेका कमल राईको हत्या आरोपमा पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनरका प्रहरी नायब उपरीक्षक सुमन तिम्सिनाले बताए ।
प्रहरी नायब उपरीक्षक तिम्सिनाका अनुसार सुनसरी प्रहरीले शुक्रबार बिहान बराहक्षेत्र इक्राहीको जमुनाकित्तास्थित प्लटिङ गरिएको खुला जमिन ३७ वर्षीय राई मृत अवस्थामा फेला पारेको थियो ।
घटनाको प्रारम्भिक अनुसन्धानमा मृतक राईको टाउको तथा शरीरमा चोट देखिएपछि हत्याको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको उनले बताए । अनुसन्धानका क्रममा पक्राउ परेका दुवैजनाले पूर्व रिसिइबीका कारण लाठीले मृतक राईको टाउको र शरीरको संवेदनशील भागमा निर्घात कुटपिट गरेको स्वीकार गरेका छन् । सोही कुटपिटका कारण उनको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । हाल पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ १७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend