Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुईवटी श्रीमतीका युवासँग हिमचिम नै हो त ?

हाम्रो कोशी आवाज
जेष्ठ १७ २०७७, शनिबार
दुईवटी श्रीमतीका युवासँग हिमचिम नै हो त ?

धरानः मोरङ उर्लाबारी निवासी तनुजा कार्कीको मृत भेटिएपछि अहिले सर्वत्र चासो त्यतातिर बढेको छ ।
तेह्रथुमको मोराहाङकी नर्स उनी गत जेठ १३ गते तेहथुमको एक होटलमा मृत भेटिएकी थिइन् । केही महिनाअघि मात्रै उनले ‘त्यहाँ काम गर्न निकै गाह्रो छ सरुवा मिलाइदिनु’ भनेर परिवारसँग रोएकी पनि थिइन् । उनी परिवारसँग रोएको र परिवारले परिवारसँग छुट्टिएर बस्न गाह्रो भएको होला भन्ने सोचेर सम्झाएर पठाएको आफन्तले जनाएका छन् ।
तेह्रथुमको मेन्छ्यायेम स्वास्थ्य चौकीमा कार्यरत् उनी मृत भेटिएपछि प्रहरीको ध्यान त्यतातिर सोझिएको छ । ‘तनुजा होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्, जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी नवीनकिशोर प्रधानले भने, ‘घटनाबारे अनुसन्धानका लागि एकजनालाई नियन्त्रणमा लिएका छौं ।
अनमी कार्कीको शव आफन्तले बुझिसकेका छन् । कार्की परिवारले उनका कथित प्रेमी खम्बासिंह तामाङविरुद्ध किटानी जाहेरी दिए । गत जेठ १२ गते सार्वजनिक बिदाको दिन उनी आफ्ना प्रेमी खम्बासिंह तामाङसँग सदरमुकामको होटलमा गएर बसेकी थिइन् । त्यसको भोलिपल्ट अपराह्न उनको शव भेटिएको थियो ।
उनी झुन्डिएको अवस्थामा भेटिएको र उनले आत्महत्या गरेको वा हत्या भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । डिएसपी प्रधानका अनुसार उनका कथित प्रेमी तामाङलाई हिरासतमा लिएर अनुसन्धान थालिसकेको छ । तनुजाका प्रेमी भनिएका खम्बासिंह नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिकाका हुन् ।
उनी ठेकेदार भएकाले सबैतिर पुगेकै हुन्छन् । दुईवटी श्रीमती भएका उनको तीन सन्तान पनि रहेको खुलेको प्रहरीले जनाएको छ । उनले तनुजा कार्यरत् स्वास्थ्य चौकी भवन बनाउने ठेक्का लिएका थिए र सोही भवन निर्माणको क्रममा उनी तेह्रथुममा थिए । सोही भवन निर्माणको काम लगाउने तामाङ र सोही स्वास्थ्यचोकीमा कार्यरत नर्स तनुजाबीच यही क्रममा सम्बन्ध बढेको स्थानीय बताउँछन् ।
प्रहरीले हिरासतमा राखेका तामाङलाई अदालतबाट थप २५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको डिएसपी प्रधानले बताए । नर्सको शवको पोष्टमार्टम रिपोर्ट आएपछि थप विस्तृत अनुसन्धान गरी घटनाको सत्यतथ्य बाहिर ल्याउने डिएसपी प्रधानले बताएका छन् ।
अहिले अप्रत्यासितरूपमा उनले जीवनत्याग गरेको खबर आएपछि परिवार, आफन्त, साथीभाइ आश्चार्य चकितमा छन् । अहिले उनीहरूले भन्दै आएका छन्– घटना रहस्यमय छ, घटनाबारे सत्यतथ्य जानकारी आओस् ।

प्रकाशित मिति: जेष्ठ १७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • इटहरीमा सडकको डिभाइभरमा मोटरसाइकल ठोक्किँदा अनिल राईको मृत्यु

    धरानः इटहरीमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते बनेका छन् । पानी परिरहेको समयमा चिप्लिएर सडकको डिभाइडरमा...

    • १४ मिनेट अगाडी
    • १ मिनेट पाठ
  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १२ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १६ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १६ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १९ घण्टा अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend