Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

समाचार प्रभावः धरानमा थलिएका राई दम्पत्तिले पाए केही राहत

हाम्रो कोशी आवाज
जेष्ठ १९ २०७७, सोमबार
समाचार प्रभावः धरानमा थलिएका राई दम्पत्तिले पाए केही राहत

धरानः धरान–६ पानबारी (माथिल्लो पानबारी) मा थलिएका राई दम्पत्तिले सहयोग पाएका छन् ।
गत जेठ १७ गते हाम्रो कोशी आवाज डटकम, कोशी आवाज टिभीमा एकसाथ समाचार र भिडियो प्रकाशित भएपछि उनीहरूका लागि सहयोग जुटेको हो । भोजराज राई दम्पत्तिमध्ये भोजराज भोजराज क्यान्सर रोगले थलिएका छन् भने श्रीमती आँखा फुलो परेको र आँखा खासै देख्दिनन् पनि । दुवैजना काम गर्न नसक्ने भएपछि खान, लाउनकै समस्या थियो । उपचार गर्ने खर्च नहुँदा श्रीमान क्यान्सरले थलिएका र श्रीमती आँखाको समस्यामै रुमल्लिनुपरेको थियो ।
आइतबार होप धरानको टिम पुगेर केही खाद्यान्न, बिस्कुट, तरकारीलगायत दिएको छ । अध्यक्ष निश्चल मोहन पलिखेको अगुवाई र धरान–८ निवासी हङकङ बस्ने विन्दिया राईको सहयोगमा सो सामान हस्तान्तरण गरिएको थियो । यस्तै, हङकङ नै बस्दै आएका धरान–८ निवासी सुन्दर राई र दिनेश राईले पनि ५ हजार ५ सय ५ रूपैयाँ हस्तान्तरण गरेका थिए । अध्यक्ष पलिखेले (आज) सोमबार ग्याँसलगायतका अन्य सामान पनि दिन लागेको जानकारी गराए । ‘उहाँलाई तत्काल ग्याँस, भाडावर्तन, अन्य खाद्यान्न सामान पनि चाहिएको भन्ने उहाँहरूकै मुखबाट सुनेका छौं, आज गएर हस्तान्तरण गर्दैछौं ।’
भोजराजको शुरूमा कान छेऊमा सानो कोठी आएपछि त्यो पाकेर ८०–८५ वटा किरा निकालिएको छिमेकीले बताए । बीपी प्रतिष्ठान पुगेपछि चिकित्सकले क्यान्सर भएको भन्दै अप्रेसन गरे । आर्थिक समस्याले थलिएका भोजराज दम्पत्तिले अहिले पनि उपचार गर्न पाएका छैनन् ।
पहिलोपटक छोरी–ज्वाइँ र गाउँलेले सहयोगले उपचार गरेका भोजराजलाई अहिले बीपी प्रतिष्ठानका चिकित्सकले हप्तैपिच्छे बोलाइएको भएपनि उनीहरू खर्च अभावले जान सकेका छैनन् ।
‘चिकित्सकले हप्तैपिच्छे अस्पताल आउनु भन्नुभयो तर खर्च अभावले जानै सकिएको छैन ।’ उनले भने । यस्तै, खर्च अभावले नै श्रीमतीको पनि आँखाको उपचार गर्न नसकिएको पीडा सुनाउँछन् भोजराज । उनले उपचारका लागि सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।
स्थानीय जनप्रतिनिधि गोमा खनाल (गौतम), धरानका मिङ्मा भोटे र उषा सुब्बाले शुरूमा पुलको काम गरेका थिए । उनीहरूले जानकारी गराएपछि हाम्रो कोशी आवाज डटकमको टिम त्यहाँ पुगेको थियो । वडा सदस्य खनालले उपचारका लागि सबैसँग सहयोगको अपिल पनि गरिन् ।

 

प्रकाशित मिति: जेष्ठ १९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend