विराटनगरः मोरङ सुनवर्सी–६ तालगाछी बस्ने ३० वर्षीया निरुतुकुमारी दासको चट्याङले लागेर मृत्यु भएको छ ।
सोमबार पौने १२ बजे आफ्नै मकै बारीबाट मकै लिई घरतर्फ आउँदै गर्दा वर्षासँगै आएको चट्याङले लाग्दा गम्भिर घाइते भएकी निरुतु कुमारीलाइ उपचारार्थ लैजादै गर्दा उनको दिउँसो साढे १ बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङ सूचना समन्वय अधिकृत प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।