ताप्लेजुङः ताप्लेजुङ जिल्लामा दर्ता भई फक्ताङलुङ दर्पण साप्ताहिक पत्रिका सोमबारदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ ।
ताप्लेजुङ जिल्लाको दुर्गम गाउँ फक्ताङलुङ गाउँपालिकाको केही युवाहरु मिलेर समाजिक विकास र जनचेतना विकास गर्नको लागि नियमितरुपमा प्रकाशन गर्दै आएको फक्ताङलुङ दर्पणका सम्पादक जितेन लिम्बूले बताए । अहिले लकडाउनको कारणले नेपालका अधिकांश प्रकाशन तथा वितरण साथै समाचार संकलनमा समस्या आएपछि अहिले छापा सञ्चारहरु बन्द भएको अवस्था रहेकोले केही समयदेखि फक्ताङलुङ दर्पण पनि प्रकाशन बन्द भएको सम्पदक लिम्बूले बताए ।
लकडाउनले गर्दा लामो समयसम्म प्रकाश रोकेपछि छापा सञ्चार प्रतिष्ठानहरु जोखिममा पर्न थालेको फक्ताङलुङ दर्पण साप्ताहिकका प्रकाश दिलकुमार फेम्बूले बताए । लकडाउनका कारण छापा सञ्चारका लगानीकर्ताहरुको लगानी नै धराममा परेकाले यसमा आवद्ध पत्रकार कामदारको तलब तथा सेवा सुविधा दिन नसकेपछि पत्रकार तथा कामदारको रोजीरोटी नै गुम्ने भएकोले राज्यबाट विशेष अनुदानको व्याकेजको व्यवस्था गर्नुपर्ने प्रकाशक फेम्बूले बताए ।