Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा थपिएपछि १७९८ संक्रमित, प्रदेश १ मा १६८ जना, २२१ ले जिते

हाम्रो कोशी आवाज
जेष्ठ १९ २०७७, सोमबार
नेपालमा थपिएपछि १७९८ संक्रमित, प्रदेश १ मा १६८ जना, २२१ ले जिते

धरानः नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सोमबार थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । यो अहिलेसम्मकै धेरै संख्या हो ।
मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ७९३ पुगेको जनाए ।
झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको देवकोटाले जानकारी दिए ।
योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ । तीमध्ये २२१ जना उपचारपछि घर गएका छन् ८ जनाको मृत्यु भएको छ । पछिल्लो समय भारतबाट ठूलो संख्यामा नेपाली भित्रिएसँगै कोरोनाभाइरसका संक्रमित पनि बढेका हुन् ।
हालसम्म पीसीआर विधिबाट ७१ हजार ९०३ र आरडीटी विधिबाट १ लाख १३ हजार ७५७ नमूना परीक्षण भएका छन्। गत २४ घन्टामा पीसीआर विधिबाट २ हजार ३१० र आरडीटी विधिबाट २ हजार ६४८ थप नयाँ नमूना परीक्षण भएका हुन् ।
प्रवक्ता देवकोटाका अनुसार संक्रमित हुनेमा १ हजार ६६७ पुरुष र १३१ महिला रहेका छन् । सोमबार थप एक जिल्लामा कोरोना संक्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा कोरोना संक्रमण देखिएको हो । यो सहित ५९ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।
सातवटै प्रदेशमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये प्रदेश १ मा १६८ जना, प्रदेश २ मा ६९४ जना, बागमती प्रदेशमा ४६ जना, गण्डकी प्रदेशमा २६ जना, प्रदेशमा ५ मा ६२१ जना, कर्णाली प्रदेशमा १५८ र सुदूरपश्चिम प्रदेशमा ४५ जना गरी कुल १ हजार ७ सय ९८ जना कोरोना पुष्टि भएको हो ।
यस्तै आइसोलेसनमा १ हजार ५ सय ६९ जना रहेका छन् भने क्वारेन्टाइन बस्नेको संख्या १ लाख ३३ हजार ९७५ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

प्रकाशित मिति: जेष्ठ १९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • वैज्ञानिकहरूको निष्कर्षः २०७२ को भूकम्पले पनि भोटेकोशी महाप्रलयको बित्यास

    धरानः नेपाल र तिब्बतको सीमावर्ती क्षेत्र लाङटाङ लिरुङमा गएको विनाशकारी बाढी र हिमपहिरोमा मानव सिर्जित जलवायु परिवर्तनको प्रत्यक्ष भूमिका रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्...

    • ८ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १३ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १६ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend