Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बिर्तामोडमा पत्रकारको बिमा, पत्रकार सहारा उपचार कोषमा ४५ लाख

हाम्रो कोशी आवाज
जेष्ठ १९ २०७७, सोमबार
बिर्तामोडमा पत्रकारको बिमा, पत्रकार सहारा उपचार कोषमा ४५ लाख

बिर्तामोडः नेपाल पत्रकार महासंघ झापाद्धारा स्थापित पत्रकार सहारा उपचार कोषका सदस्य ८० जना पत्रकारको कोरोना उपचार बीमा गरिएको छ ।
महासंघले पहिलो चरणमा उपचार कोषमा आवद्ध भएका ८० जना पत्रकारको बीमा गरेको अध्यक्ष तारामणि सापकोटाले बताए ।
पेशागत बीमा संघ बिर्तामोड (इन्स्युरेन्स प्रोफेसन सोसाइटी÷आइपीएस)को सहकार्यमा महासंघले पत्रकारको बीमा गरेको हो ।
आइतबार पत्रकारको बीमाका लागि पत्रकार महासंघ झापाका अध्यक्ष सापकोटा र उपाध्यक्ष एकराज गिरीले पेशागत बिमा संघ बिर्तामोडका अध्यक्ष सन्तोष उप्रेतीलाई ८० पत्रकारको विवरणसहित रकम प्रदान गरेका थिए ।
बीमा एक लाख रुपैयाँको हुने बताइएको छ । बीमा गरिएका पत्रकारमा कोरोना संक्रमण देखिए एक लाख रुपैयाँ बीमा कम्पनीले उपलब्ध गराउने छ ।
दोस्रो चरणमा पत्रकार महासंघका अन्य सदस्य र जिल्लामा क्रियाशील पत्रकारको समेत बीमा गरिने बताइएको छ ।
पत्रकार सहारा उपचार कोषमा हालसम्म १०१ जना सदस्य छन् भने एक जनाको मृत्यु भएको छ । केही सदस्यको स्थानीय सरकार, सञ्चार गृह र संस्थाले बीमा गराएका छन् । जनही ३००० शुल्क बुझाएपछि पत्रकार महासंघ झापाका सदस्यले पत्रकार सहारा उपचार कोषको सदस्य बन्ने प्रावधान छ । एक करोड रुपैयाको कोष बनाउने लक्ष्यका साथ स्थाजना गरिएको पत्रकार सहारा उपचार कोषमा हाल ४५ लाख रुपैयाँ जम्मा भएको कोषका संयोजक तथा महासंघका उपाध्यक्ष गिरीले बताए । कोषको ब्याजबाट पत्रकारलाई उपचारमा सहयोग गरिदै आएको छ।

प्रकाशित मिति: जेष्ठ १९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend